उत्तर गण्डकी महामेला दामोदर महोत्सव भोलि २१ गते विधिवत शुभारम्भ हुने

गोपाल जिटी
वालिङ,२० असोज– मालुङ्गा स्याङ्जा र असेर्दी पाल्पाको सङ्गमस्थल उत्तरवाहिनीमा भोलि २१ गते कालीगण्डकी महामेला दामोदर महोत्सव विधिवत शुभारम्भ हुँदैछ । कात्तिक १९ गतेसम्म एक महिना सञ्चालन गरिने उत्तर गण्डकी महामेला दामोदर धर्माेत्सव–२०८२ को विधिवत शुभारम्भ हुने आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
महामेला स्थल उत्तरवाहिनीमा आयोजित पत्रकार सम्मेलनमा उत्तरवाहिनी ज्ञान विज्ञान प्रतिष्ठानका संरक्षक शङ्कर पाण्डेले कार्यक्रम बारे जानकारी गराउनुभएको थियो । उहाँले उत्तरवाहिनी क्षेत्रको धार्मिक विकासको दीघकालीन सोंचसहित आयोजना गरिएको महामेला सनातन धर्म, संस्कार र संस्कृति सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गरिने जानकारी गराउनुभयो । एक हजार भक्तजनहरुका लागि आवस र साधनाहसहितको धर्मशाला, सनातन संस्कृति संरक्षणको लागि गुरुकुलम पाठशाला, शेव कार्यका लागि यज्ञशाला, गौमाताको संरक्षणक लागि गौशाला र भक्तहरुको भोजन प्रसादीका लागि पाठशाला निर्माण गर्ने उद्देश्यले महामेलाको आयोजना गरिएको संरक्षक पाण्डेले उल्लेख गर्नुभयो ।
यसैगरी पत्रकारहरुको जिज्ञासाको सम्वोधन गर्दै महामेला मूल आयोजक समिति संयोजक चैतन्य कृष्णले कार्यक्रम अवधिभरमा १ करोड भन्दा धेरै खर्च हुने अनुमान रहेको जानकारी गराउनुभयो । धर्मोत्सवबाट बचत दान रकमबाट उद्देश्य अनुरुपका पवित्र कार्यहरुमा लगानी गरिने उहाँले उल्लेख गर्नुभयो । यसैगरी महामेलाको समुद्घाटन हरिहर सन्यासाश्रम देवघाटका पिठाधिश ज्ञानानन्द स्वामीज्यूबाट हुने संयोजक चैतन्यकृष्णले बताउनुभयो । धर्मोत्सवका लागि हरिद्वारलगायतका नेपाल र भारतका विभिन्न स्थानहरुबाट प्रशिद्ध सन्तगुरुहरु आउने क्रम सुरु भैसकेकोसमेत उहाँले जानकारी दिनुभयो ।
दामोदर धर्मोत्सव हामी सबैको साझा कार्यक्रम र महामेला भएकाले देश विदेशबाटसमेत धेरैजनाको उपस्थिति रहनेमा विश्वास गरिएको छ । चैतन्य कृष्णका अनुसार शास्त्रमा उत्तरतर्फ फर्केको नदिलाई सर्वतीर्थ भनिन्छ । कालीगण्डकी उत्तर भएर बगेकी हुनाले यहाँ उत्तरवाहिनी भनिएको हो । जहाँ ब्रह्ममयी गङ्गा नदी उत्तरवाहिनी मूर्ती भएर विद्यमान हुनुहुन्छ, त्यहाँ उहाँलाई दर्शन गर्दा, स्नान गर्दा र प्रणाम गर्दा समस्त पापहरुको नाश हुन्छ । त्यसैले संस्कृतिको अध्ययन गर्ने सबैले पटक पटक दर्शन गर्नुपर्ने उहाँको भनाई छ । यस्तो अवसर फेरि नपाइन पनि सक्छ, त्यसैले महामेलामा सहभागी भएर आफ्नो जीवनलाई रसमय, क्लेसरहित र दिव्य आनन्दमय बनाई अपूर्व लाभलिन उहाँको अनुरोध छ ।

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal