बाल गायिका परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक
काठमाडौं,२५ जेठ- बाल गायिका परिधी खतिवडाको आवाजमा सजिएको बालमैत्री गीत ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। कक्षा ४ मा अध्ययनरत परिधीले प्रस्तुत गरेको यो सिर्जना बाल भावना, पारिवारिक आत्मीयता र राष्ट्रिय चेतनाको सन्देश बोकेको प्रेरणादायी प्रयास हो ।
काठमाडौंको बानेश्वरस्थित प्रज्ञाकुञ्ज बोर्डिङ स्कुलमा अध्ययनरत परिधीको स्वरमा रहेको गीतका शब्द उनका पिता इ. प्रमोद खतिवडाले लेख्नुभएकाे हाे। सडक विभागमा कार्यरत इञ्जिनियर प्रमोद पेशाले प्राविधिक भए पनि साहित्य र संगीतप्रतिको अभिरुचिका कारण उहाँले यसअघि पनि विभिन्न प्रकारका गीतहरूकाे रचना गर्नु भएकाे छ।
गीतमा सविन लिम्बूले संगीत तथा एरेञ्ज गर्नुभएकाे छ , जसले परिधीको भावनात्मक स्वरलाई गहिराइ दिने काम गरेको छ। निर्देशन ‘गुरुभाइ फकीर’ले गर्नुभएकाे छ। भिडियो परिधी अध्ययनरत विद्यालय र काठमाडौं वरपरका रमणीय स्थलहरूमा छायांकन गरिएको छ ।
सिर्जनामा बालमनको कल्पना मात्र होइन, देशप्रतिको माया र सामाजिक सद्भावको भावनालाई पनि समेटिएको छ। राष्ट्रिय भावनाले भरिएको बाल गीत भएकोले, यस गीतले बाल चेतनामा देश प्रतिको माया र सद्भाव जागृत गराउने आशा गरिएको छ । गीतले न्यानो पारिवारिक सम्बन्धसँगै देश र माटोप्रतिको समर्पणलाई सरल शब्द र मिठो धुनमार्फत उजागर गर्ने प्रयास गरेको छ ।
यसअघि परिधीले ‘लिटिल स्टार नेपाल’ प्रतियोगितामा ‘मोस्ट पपुलर कन्टेस्टेन्ट’ को उपाधि जितेकी थिइन्।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















