बुटवलमा दुई बच्चासहित आमाको हत्या
छविलाल पाण्डे
बुटवल,१४ जेठ- बुटवल उपमहानगरपालिका ११ होराइजन चोकस्थित मिलीजुली पथमा एक आमा सहित दुई बच्चाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार आज बिहान करिब ४ बजेतिर हत्याको घटना भएको हो ।
प्रहरीले सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी ती महिलालाई उनकै पूर्व श्रीमानले बुधवार बिहान ४ बजेतिर हत्या गरेको आशङ्का गरेको छ । स्थानीयले घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको बताएका छन् । स्थानीयका अनुसार हत्या गर्ने सुजन कोइराला हुन् । हत्या हुनेमा ३१ बर्षीया दिपा बस्याल र उनका छोरी ७ बर्षीया स्नेहा बस्याल र ४ बर्षीया नानी बस्याल रहेका छन् ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त सुजन आफ्नै दाजुको हत्या गरी जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आममाफी पाएर छुटेका थिए ।
उनीहरूबिच करिब आठ बर्सअघि सम्बन्ध विच्छेद भएको बताइएको छ । गाेप
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















