टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

राम थापा

गण्डकी,२७ फागुन– बिहानैदेखि मौसम धुम्मिएपछि हिमाल नखुल्ने पक्कापक्कीजस्तै थियो । टोड्केबाट हिमशृङ्खलाको दृश्यावलोकन गर्ने रहर अधूरै रहेपनि यहाँको लेकाली हावापानी र न्यानो आतिथ्यताले सबैजना रमाएका थिए । गत शुक्रबार समुद्री सतहदेखि दुई हजार ४३० मिटर उचाइको टोड्के पुग्दा वरपरका बस्ती र डाँडापाखा बादलभित्र लुकामारी खेलिरहेका थिए ।

नौरङ्गी गुराँस फुल्ने टोड्केका स्थानीयले गुराँसका थुङ्गा हातमा टक्राए र टीका लगाएर स्वागत गरे । धवलागिरि क्षेत्रको पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी संस्थाको प्रकाशन ‘धवलागिरि जागरण’ दैनिकको १८औँ वार्षिकोत्सव मनाउन सञ्चार उद्यमी, पत्रकारलगायतको टोली टोड्के पुगेका थिए । पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको टोड्केको पर्यटन प्रवर्द्धनमा थप टेवा पु(याउने उद्देश्यले पत्रिकाको वार्षिकोत्सव यहाँ मनाइएको थियो ।

म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सङ्गमस्थलका रूपमा रहेको टोड्के कुनैबेला खर्कका रूपमा चिनिन्थ्यो । भौगोलिक कठिनाइका कारण जोकोही आउजाउ गर्न सक्दैनथे । रघुगङ्गाको झिँ र मङ्गलाको पूर्ण गाउँका किसान गोठ राख्न र घाँसदाउरा गर्न जान्थे । विकासका पूर्वाधार धेरैपछि मात्र टोड्केमा पुग्यो । प्राकृतिक र धार्मिक महत्व बोकेको टोड्केलाई गाउँका अगुवाले पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना ल्याए । पाँच वर्षअघि ‘टोड्के हिल रिसोर्ट’ खुल्यो ।

विस्तारै टोड्केमा पर्यटकीय गतिविधि सुरु हुन थाले । आन्तरिक पर्यटकको रोजाइमा टोड्के पर्न थाल्यो । ३३ जना व्यववसायी मिलेर रु। तीन करोडको लागतमा रिसार्ट सञ्चालनमा ल्याएको पर्यटन व्यवसायी भीम शेरचनले बताउनुभयो । रिसोर्टमा पुग्ने पाहुना यहाँको प्राकृतिक सुन्दरतामा जति रमाउँछन् उति नै यहाँको आतिथ्यताले लोभिन्छन् । यहाँ आउने पाहुनालाई सिस्नो, सिन्की, फापरको साग, मकै, भटमास, मुलालगायत स्थानीय खानाका परिकार ख्वाउने गरेको रिसोर्ट सञ्चालक शेरचनले बताउनुभयो ।

“यहाँको मुख्य उत्पादन भनेको आलु र मुला हो, रिसोर्टमा आउने पाहुनलाई यहीँको उत्पादन ख्वाउने गर्छौँ, मासुजन्य परिकारका लागि कुुखुरा पनि रिसोर्टमै पालेका छौँ,” उहाँले भन्नुभयो । रिसोर्टमा एकदिनमा ६० जनासम्म पाहुना राख्ने क्षमता छ ।

टोड्केको जङ्गलमा भएको सुरुङ ९टोड्को०मा पहिलेपहिले गाईवस्तु अड्किने र तिनलाई बाघभालुले खाइदिने हुनाले यस ठाउँको नाम टोड्के रहन गएको किम्बदन्ती छ । सडक, सञ्चार, विद्युत् आदिको सुविधाले पछिल्लो समय टोड्केको जनजीवन फेरिएको छ । टोड्के विकास कोषमार्फत पर्यटन पूर्वाधार निर्माण भइरहेका छन् ।

शान्त र मनोरम वातावरणमा रमाउन चाहने पर्यटकका लागि टोड्के उपयुक्त गन्तव्य रहेको रघुगङ्गा गाउँपालिका–५ झिँका वडाध्यक्ष मनबहादुर शेरमञ्जाले बताउनुभयो । टोड्केबाट एकसाथ गुर्जा, चुरेन, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने उहाँको भनाइ छ ।

स्वर्गद्वारी महाप्रभुलगायत सन्तमहात्माले तपस्या गरेको टोड्केको धार्मिक महत्व उत्तिकै रहेको शिवालय मन्दिरका पूजारी जनक सुवेदीले बताउनुभयो । टोड्केमा शिवालय मन्दिर र आश्रम छ, जसलाई स्वर्गद्वारी आश्रम, प्युठानको शाखाको रूपमा लिइन्छ ।

मगर जातिको बाहुल्य रहेको टोड्केमा सोरठी, सालैजो, यानीमाया, भजनकीर्तन, पञ्जेबाजाजस्ता मौलिक संस्कृति संरक्षित छन् । टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको वडाध्यक्ष शेरमञ्जाले बताउनुभयो । वनभोजस्थललगायत अन्य पर्यटकीय पूर्वाधार निर्माणाधीन छन् ।

म्याग्दी सदरमुकाम बेनीदेखि टोड्के पुग्न पाँच सडकमार्ग छन् । बेनी–अर्थुङ्गे–झिँ हुँदै टोड्के १९ किमि, बेनी–अर्थुङ्गे–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के १५ किमि र बेनी–अर्थुङ्गे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुँदै टोड्के १४ किमि दुरीमा छ । त्यसैगरी बेनी–सिम–कुहँ–पूर्णगाउँ हुँदै २९ किमि दुरीमा टोड्के पुग्न सकिन्छ । बेनी–गलेश्वर–पात्लेखत–वाखेत हुँदै १९ किमि दुरीको अर्को सडकले टोड्केलाई जोड्छ ।

पदयात्राका लागि बेनीदेखि अर्थुङ्गे–पछै–ढोलथान–केभहिल–जगन्नाथ–ढडेकोट दरबार हुँदै टोड्के पुगिने पुरानो घोडेटो बाटो पनि छ । झिँ गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग छ । झिँ र पूर्णगाउँबाट एक घण्टा उकालो हिँडेपछि टोड्के पुगिन्छ । यी गाउँमा घरबास ९होमस्टे० सुविधा छ ।

टोड्केदेखि मालिका धुरी–ठाडाखानी–कुइनेखानी– झिङखानी– चौरखानी– घ्याँसीखर्क हुँदै धवलागिरि हिमालको आधारशिविर र आइसफल हुँदै मुस्ताङको थासाङ गाउँपालिका निस्कने टोड्के–धवलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अवधारणा अगाडि सारिएको छ । म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकले परम्परागत पदमार्ग पूर्णरूपमा विस्थापित भएको अवस्थामा टोड्के–धवलागिरि पानोरमा सांस्कृतिक र धवलागिरि सेञ्चुरी पदमार्ग महत्त्वपूर्ण वैकल्पिक मार्गमा रूपमा स्थापित गर्न सकिने सम्भावना छ ।रासस

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal