प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित
हिमलाल पराजुली
वालिङ,२८ फागुन– ‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ’ भन्ने मूल नारासहित वालिङ चेम्बर अफ कमर्सकाे आयाेजनामा यहि फागुन २१ गते देखि सुरु भएकाे प्रथम पिंक सिटी वालिङ महाेत्सवकाे आठाैं दिन सम्म आइपुग्दा महाेत्सवमा दर्शककाे घुईचाे लागेकाे छ।
बुधबार कलाकारहरु खुमन अधिकारी, पल शाह, रुपक डाेटेल, कृष्णा गुरुङ लगायतकाे प्रस्तुतिमा दर्शकहरु कलाकार संगै झुमेका थिए।


दर्शक दिर्घाबाट आएकाे हुटिङले कलाकारहरुलाई थप उत्साहित बनाएकाे थियाे। कलाकारले मञ्चबाट आफ्नाे प्रस्तुति दिइरहदा दर्शक दिर्घाबाट संसंगै गाउनुका साथै नाचेर साथ दिएका थिए।
महाेत्सव सुरु भए देखि दिनप्रतिदिन दर्शकहरु उपस्थिति बढ्दै गएकाेले आफुहरुलाई उत्साहित बनाएकाे वालिङ च्याम्बर अफ कमर्सका अध्यक्ष एवं महाेत्सव मूल आयाेजक समितिका संयाेजक प्रकाश न्याैपाने (किरण)ले बताउनुभयाे।

महाेत्सवमा तीन सय बढि स्टल रहेकाछन् भने भलिवल संगै अन्य कार्यक्रमहरु समेत सञ्चालन गरिएकाे आयाेजकले जनाएकाे छ।
वालिङ खेल मैदानमा फागुन २१ गतेबाट सुरु भएकाे महाेत्सव चैत तीन गते सम्म संचालन हुनेछ।

ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















