विद्यालय पुग्न ट्युबको सहारा

शेरबहादुर राई

ओखलढुङ्गा,२७ फागुन– ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१, घाङसाङबँेसीका १४ वर्षीय राजु मगर र १० वर्षीय सुबिना मगरको विद्यालय जाने यात्रा जोखिमपूर्ण छ । उहाँहरू दिनहुँ जोखिम मोलेर ट्युबमार्फत सुनकोशी नदी तरेर विद्यालय जानुहुन्छ । सुनकोशी माध्यमिक विद्यालय, फिक्कल गाउँपालिका–४, सिन्धुलीमा अध्ययनरत यी दुई दाजुबहिनीले दैनिक रूपमा ट्युबको सहायताले सुनकोशी नदी पार गरेर विद्यालय धाउने गर्नुभएको छ । राजु कक्षा ६ र सुबिना कक्षा ४ मा अध्ययनरत हुनुहुन्छ । दुवै विद्यार्थी आफ्नो कक्षामा जेहेनदार मानिनुहुन्छ । 

गत असोजमा सुनकोशी नदीमा आएको बाढीले ओखलढुङ्गाको घाङसाङबेँसी र सिन्धुलीको खाङसाङ जोड्ने झोलुङ्गे पुल बगाएपछि उहाँहरू बाध्य भएर ट्युबको सहारामा नदी तर्ने गर्नुभएको हो । यहाँको झोलुङ्गे पुलबाट चम्पादेवी गाउँपालिका वडा १ र २ का बासिन्दाले कोशी पार गर्थे ।

छोराछोरीलाई ट्युबमार्फत नदी तरेर विद्यालय जानुपर्दा रातदिन चिन्ता लाग्ने गरेको राजु र सुबिनाकी आमा मुना थापामगरले बताउनुभयो । “छोराछोरी नदी तर्दा केही हुने हो कि भनेर सधैँ डर लाग्छ,” उहाँले भन्नुभयो, “विद्यालय जाँदा पारि नपुगुन्जेल हेरिरहन्छु, फर्किंदा पनि वारि नआइपुगुन्जेल चिन्ता लाग्छ ।” 

राजु र सुबिनाका बुवा समीर थापामगर रोजगारीका लागि करिब नौ वर्षदेखि टर्कीमा हुनुहुन्छ । राजु र सुबिनाका हजुरबुवाले नदी तर्न गाडीको थोत्रो ट्युबको व्यवस्था गर्नुभएको हो । विद्यालयले उनीहरूका लागि गाउँपालिकामार्फत लाइफ ज्याकेटको व्यवस्था गरेको छ । ट्युबको विभिन्न ठाउँमा टालटुल गरिएको छ । राजु आफैँ सुनकोशीमा ट्युब तार्न सिपालु हुनुभएको उहाँकी आमा मुना थापामगरले बताउनुभयो । “केही समयअघिसम्म पैसा दिएर ट्युब तार्ने मान्छे राखेका थियौँ, अहिले छोरा आफैँले तार्छ,” मगर भन्नुहुन्छ । हिउँदमा जसोतसो घरबाट विद्यालय गए पनि बर्खाको समयमा नदी बढ्ने भएकाले विद्यालयनजिकै कोठा खोजेर छोराछोरीलाई पढाउने योजना रहेको मगरले बताउनुभयो । सम्बन्धित निकायमा डुङ्गाको व्यवस्था गर्न र पुल पुनः निर्माणको माग गर्दा पनि व्यवस्था नभएको मगरले गुनासो गर्नुभयो । 

गाउँपालिकाले पुल पुनर्निर्माणको पहल गर्ने प्रतिबद्धता जनाए पनि समस्या समाधान हुन सकेको छैन । सुनकोशीको बाढीले पुल बगाएको विषयमा सम्बन्धित निकायमा जानकारी गराइएको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताउनुभयो तर तत्काल समस्या समाधानको कुनै सङ्केत नभएको अध्यक्ष केसीको भनाइ छ । “पुल बाढीले बगाएपछि विद्यार्थी जोखिम मोलेर विद्यालय जान बाध्य छन् । यसलाई सिन्धुलीको फिक्कल गाउँपालिकासँग समन्वय गरेर भरपर्दो र सुरक्षित उपाय अपनाइने छ,” अध्यक्ष केसीले बताउनुभयो । 

घाङसाङबेँसीमा स्थायी रूपमा पाँच घरपरिवारको बसोवास छ । उनीहरू पनि खाद्यान्नलगायत अन्य घरायसी सामग्री खरिदका लागि खाङसाङ साथै घुर्मी बजार जाँदा यही ट्युब प्रयोग गर्ने गर्छन् । गाउँदेखि करिब डेढ घण्टा टाढा जलकेनीमा सुनकोशी नदी पार गर्न झोलुङ्गे पुल भए पनि घुमाउरो र समय लाग्ने भएकाले यहाँका स्थानीयले ट्युब प्रयोग गरेका छन् ।गोप

ताजा

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई

२०८२ असार ३१ गते, मंगलवार

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई

२०८२ असार ३१ गते, मंगलवार

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च

२०८२ असार २७ गते, शुक्रबार

बुद्धको प्रतिमा र राताम्मे पहाड

२०८२ असार २५ गते, बुधबार

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

२०८२ असार २५ गते, बुधबार

मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती

२०८२ असार २४ गते, मंगलवार

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का

२०८२ असार २४ गते, मंगलवार

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती

२०८२ असार २० गते, शुक्रबार

मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद

२०८२ असार २० गते, शुक्रबार

भीरकोटमा उत्कृष्ट कृषक सम्मानित

२०८२ असार १९ गते, बिहीबार

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

२०८२ असार १९ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal