विद्यालय पुग्न ट्युबको सहारा

शेरबहादुर राई

ओखलढुङ्गा,२७ फागुन– ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१, घाङसाङबँेसीका १४ वर्षीय राजु मगर र १० वर्षीय सुबिना मगरको विद्यालय जाने यात्रा जोखिमपूर्ण छ । उहाँहरू दिनहुँ जोखिम मोलेर ट्युबमार्फत सुनकोशी नदी तरेर विद्यालय जानुहुन्छ । सुनकोशी माध्यमिक विद्यालय, फिक्कल गाउँपालिका–४, सिन्धुलीमा अध्ययनरत यी दुई दाजुबहिनीले दैनिक रूपमा ट्युबको सहायताले सुनकोशी नदी पार गरेर विद्यालय धाउने गर्नुभएको छ । राजु कक्षा ६ र सुबिना कक्षा ४ मा अध्ययनरत हुनुहुन्छ । दुवै विद्यार्थी आफ्नो कक्षामा जेहेनदार मानिनुहुन्छ । 

गत असोजमा सुनकोशी नदीमा आएको बाढीले ओखलढुङ्गाको घाङसाङबेँसी र सिन्धुलीको खाङसाङ जोड्ने झोलुङ्गे पुल बगाएपछि उहाँहरू बाध्य भएर ट्युबको सहारामा नदी तर्ने गर्नुभएको हो । यहाँको झोलुङ्गे पुलबाट चम्पादेवी गाउँपालिका वडा १ र २ का बासिन्दाले कोशी पार गर्थे ।

छोराछोरीलाई ट्युबमार्फत नदी तरेर विद्यालय जानुपर्दा रातदिन चिन्ता लाग्ने गरेको राजु र सुबिनाकी आमा मुना थापामगरले बताउनुभयो । “छोराछोरी नदी तर्दा केही हुने हो कि भनेर सधैँ डर लाग्छ,” उहाँले भन्नुभयो, “विद्यालय जाँदा पारि नपुगुन्जेल हेरिरहन्छु, फर्किंदा पनि वारि नआइपुगुन्जेल चिन्ता लाग्छ ।” 

राजु र सुबिनाका बुवा समीर थापामगर रोजगारीका लागि करिब नौ वर्षदेखि टर्कीमा हुनुहुन्छ । राजु र सुबिनाका हजुरबुवाले नदी तर्न गाडीको थोत्रो ट्युबको व्यवस्था गर्नुभएको हो । विद्यालयले उनीहरूका लागि गाउँपालिकामार्फत लाइफ ज्याकेटको व्यवस्था गरेको छ । ट्युबको विभिन्न ठाउँमा टालटुल गरिएको छ । राजु आफैँ सुनकोशीमा ट्युब तार्न सिपालु हुनुभएको उहाँकी आमा मुना थापामगरले बताउनुभयो । “केही समयअघिसम्म पैसा दिएर ट्युब तार्ने मान्छे राखेका थियौँ, अहिले छोरा आफैँले तार्छ,” मगर भन्नुहुन्छ । हिउँदमा जसोतसो घरबाट विद्यालय गए पनि बर्खाको समयमा नदी बढ्ने भएकाले विद्यालयनजिकै कोठा खोजेर छोराछोरीलाई पढाउने योजना रहेको मगरले बताउनुभयो । सम्बन्धित निकायमा डुङ्गाको व्यवस्था गर्न र पुल पुनः निर्माणको माग गर्दा पनि व्यवस्था नभएको मगरले गुनासो गर्नुभयो । 

गाउँपालिकाले पुल पुनर्निर्माणको पहल गर्ने प्रतिबद्धता जनाए पनि समस्या समाधान हुन सकेको छैन । सुनकोशीको बाढीले पुल बगाएको विषयमा सम्बन्धित निकायमा जानकारी गराइएको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताउनुभयो तर तत्काल समस्या समाधानको कुनै सङ्केत नभएको अध्यक्ष केसीको भनाइ छ । “पुल बाढीले बगाएपछि विद्यार्थी जोखिम मोलेर विद्यालय जान बाध्य छन् । यसलाई सिन्धुलीको फिक्कल गाउँपालिकासँग समन्वय गरेर भरपर्दो र सुरक्षित उपाय अपनाइने छ,” अध्यक्ष केसीले बताउनुभयो । 

घाङसाङबेँसीमा स्थायी रूपमा पाँच घरपरिवारको बसोवास छ । उनीहरू पनि खाद्यान्नलगायत अन्य घरायसी सामग्री खरिदका लागि खाङसाङ साथै घुर्मी बजार जाँदा यही ट्युब प्रयोग गर्ने गर्छन् । गाउँदेखि करिब डेढ घण्टा टाढा जलकेनीमा सुनकोशी नदी पार गर्न झोलुङ्गे पुल भए पनि घुमाउरो र समय लाग्ने भएकाले यहाँका स्थानीयले ट्युब प्रयोग गरेका छन् ।गोप

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal