मदन भण्डारी स्पोर्टस ऐकेडेमी स्याङ्जाको अध्यक्षमाः गुरुङ
वालिङ,२४ कात्तिक- मदन भण्डारी स्पोर्टस ऐकेडेमी स्याङ्जाको अध्यक्षमा भविराज गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।
शनिबार स्याङ्जामा सम्पन्न प्रथम जिल्ला अधिवेसनले गुरुङको अध्यक्षतामा ३५ सदस्यीय समिति चयन गरेको हो । ऐकेडेमीको उपाध्यक्षमा नविन आले, सचिवमा चित्रबहादुर भुजेल, कोषाध्यक्षमा रमेशकुमार अधिकारी र उपसचिवमा शुसिल राना चयन हुनुभएको छ ।
कार्यक्रममा ऐकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले ऐकेडेमीले जिल्लामा खेलकुदका गतिविधिलाई थप शसक्त रुपमा अगाडि बढाउने बताउदै नयाँ समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले खेल क्षेत्रको विकास गरी खेलाडिहरुलाई व्यवसायिक रुपमा स्थापित गर्नुपर्नेमा जोड दिदै नयाँ खेलाडि उत्पादन तथा स्थापित खेलाडिको संरक्षणका लागि ऐकेडेमीले सहयोग गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा ऐकेडेमीका केन्द्रिय सल्लाहकार मोहन रेग्मी, ऐकेडेमीका केन्द्रिय सचिव कृष्ण तिमिल्सिना, एमाले जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारस, ऐकेडेमीका गण्डकी प्रदेश अध्यक्ष गीरमान गुरुङ, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

ताजा
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार





















