चन्द्रागिरीमा फेरि पाेखिए प्रधानमन्त्री ओलीका काव्यिक भावना…

प्रकाश सिलवाल

काठमाडौँ,१६ कात्तिक- तिहार बिदाको समयलाई सदुपयोग गर्र्दै प्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्यान्ह परिवारसहित चन्द्रागिरि डाँडोमा पुग्दा वातावरण थोरै घमाइलो थियो । वरिपरीका जङ्गललाई हुस्सुले नछोपे पनि मौसम छ्याङ्ग खुलेको भने थिएन । स्वदेशी र विदेशी यात्रीहरु आफ्नै लयमा चन्द्रागिरि पहाड, चन्द्रागिरि रिसोर्ट र भालेश्वर महादेवको परिसरमा घुमिरहेका थिए ।

यही बीचमा त्यहाँ पुग्नुभएका प्रधानमन्त्री ओलीले भालेश्वर महादेवको दर्शन र केही यात्रुको आग्रहमा तस्बिर खिचाएपछि काठमाडौँ उपत्यका देखिने छेउतिर राखिएको कुर्सी र टेबलमा बसेर डायरी र कलम समाउनुभयो । नजिकै रहेका सुरक्षाकर्मी र सहभागीले आगन्तुक पुस्तिकमा हस्ताक्षर गर्न लाग्नुभएको भन्ने ठाने पनि प्रधानमन्त्री ओलीले सतीदेवीको भाल पतनको पौराणिक प्रेमकथालाई चित्रण गर्दै त्यसलाई काव्यिक भावमा पस्कनुभयो ।

“चन्द्रागिरि प्रेमको प्रतीकसतीदेवी भाल पतनसर्वोत्तम प्रेमकथा !’’

साथमै रहनुभएका प्रथम महिला राधिका शाक्य र सचिवालयको टोलीलाई प्रधानमन्त्री ओलीले यही रचनालाई वाचन गरेर सुनाउनुभयो । चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले तत्कालै प्रतिक्रिया दिनुभयो, “सम्माननीयज्यूू प्रायः चन्द्रागिरि आउँदा केही न केही लेख्नुहुन्छ । हामी धन्य छौँ ।”

राजनीतिका साथै कला, साहित्य र सङ्गीतलाई सक्दो समय दिने र अध्ययनमा त्यत्तिकै रुचि राख्ने नेताका रुपमा परिचित प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले धेरै पटक सार्वजनिकरुपमा भन्ने गर्नुभएको छ– “म कवि÷साहित्यकार होइन ।” तर उहाँलाई गहिराइका साथ बुझ्नेहरु भन्छन्– “उहाँमा सृजनात्मक चेत उच्च छ । समय मिल्ने हो भने उहाँको लेखनी जम्न सक्छ । उहाँका अभिव्यक्तिमा दार्शनिकता, साहित्यिक भाव र असिमित हास्यरस पाइन्छ ।”

सायद त्यही भएर होला, समय मिल्ने बित्तिकै प्रधानमन्त्री ओलीलाई रचनागर्भको हुटहुटीले तानिहाल्छ ।

यसअघि तत्कालीन समयमा पनि प्रधानमन्त्री रहनुभएका ओलीले २०७५ असार ३० गते चन्द्रागिरिमा मदन भण्डारी फाउण्डेसनअन्तर्गतको कला साहित्य प्रतिष्ठानले आयोजना गरेको तीनदिने हिमवतखण्ड कला साहित्य सम्मेलनको समापनका अवसरमा सोही स्थलमा बसेर बिना शीषर्कको कविता लेख्नुभएको थियो–

“परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र ?बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ ।मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँसगरमाथा, लुम्बिनी, मेची, महाकालीहाम्रा लह–लह खेत बारी, झपक्क कान्ला र आलीसपनामा भए पनि देख्न पाउँचन्द्रागिरिको डाँडामा आएर सपनामाभावी सन्तती मुस्कुराएको देख्न पाउँतिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँमरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ ।”

त्यतिमात्र होइन त्यसपछि २०७८ भदौ ४ गते ‘भिराडिल–चन्द्रागिरि जेसुम’ उत्सवमा चन्द्रागिरि पुगेर एमाले अध्यक्ष ओलीले लेख्नुभएको अर्को कविताका अंशहरु यस्ता थिए–

“कतै इतिहास, कतै परम्परागौरव कतै, कतै पौरखयहीँ चन्द्रागिरिका डाँडाहरूतिरसतिदेवी बोकेर काँधमा शोकमग्न शिवजीयहीँ बाटो भौँतारिएका थिएजहाँ सतिदेवीको बाल अर्थात् निधार खस्योयहीँ चन्द्रागिरि हुँदै ३२ सय वर्ष अगाडिचित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिएत्यहाँ आवाद गर्न, थानकोट मातातीर्थयहीँ पृथ्वीनारायणले जुँगामा ताउ लगाएका थिएलोभिँदै नजर फ्याँकेर उपत्यकातिरनजिकै फाखेलको गाउँमा देवकोटालेमानवताको बिगुल फुकेका थिए….”

प्रधानमन्त्री ओलीले फर्कने समयमा चन्द्रागिरि हिल्स रिसोर्टको आगन्तुक पुस्तकमा पनि आफ्ना भावनाहरु अभिव्यक्त गर्नुभएको थियो । उहाँले लेख्नुभएको छ, “काम गर्नेलाई नेपालमा अवसर छ । काम नगरेर कुरा मात्र गर्नेहरुलाई झन् अवसरै अवसर छ । गर्नेलाई अवसर छ भन्ने कुराको दृष्टान्तमध्ये एउटा गतिलो उदाहरण चन्द्रागिरि हिल्स र चन्द्रप्रसाद ढकाल । चन्द्रागिरि हिल्स आइयो । हेर्नसम्म हेरियो । फूर्सदले मनोरञ्जन लिइयो ।”

अध्यक्ष ढकालले राज्य र अन्य निकायको सहयोग पाएमा यस्ता पर्यटकीय पूर्वाधार मुलुकका साथै प्रदेशमा बनाउने योजना प्रधानमन्त्री ओलीलाई सुनाउनुभएको थियो ।रासस

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal