लगानीकर्ता शिक्षा कार्यक्रम

वालिङ,९कात्तिक– वालिङमा लगानी कर्ता शिक्षा तथा सचेतन अभिवृद्धि कार्यक्रम गरिएको छ । नेपाल धितोपत्र बोर्डले यही कात्तिक ६ देखि १२ गतेसम्म विविध कार्यक्रम गरी विश्व लगानीकर्ता सप्ताह २०२४ मनाइरहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल धितोपत्र बोर्डको सझदारी अनुसार नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी र वालिङ उद्योग वाणिज्य संघको सहकार्यमा विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा लगानी कर्ता शिक्षा तथा सचेतन अभिवृद्धि कार्यक्रम वालिङमा बिहीबार गरिएको हो ।
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका सल्लाहकार तथा निर्वतमान नगरप्रमुख दिलिपप्रताप खांणले सेयर बजारमा प्राथमिक बजार र दोस्रो बजारमा सेयर कारोबारका बारेमा भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तेजप्रसाद देवकोटाले धितोपत्र बोर्डको कार्य र शेयर बजारका बारेमा प्रकाश पार्नुभएको थियो ।
यसै गरी मियो सेक्युरिटिजका कार्यकारी प्रमुख सुमन मल्लले स्टक मार्केट, सेयर बजार प्रवेश, नेप्सेलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो भने नेपाल धितोपत्र बोर्ड निर्देशक रञ्जना थकलभट्टले लगानीको निर्णय गर्दा ध्यान दिनुपर्ने कुराहरु, धितोपत्र, प्राथामिक बजार, धितोपत्रको दोस्रो बजार मूल्यमा प्रभाव पार्ने तत्व, विवेकशील लगानीकर्ता कसरी हुने, सेयरधनीको हकअधिकार, धितोपत्र सम्बन्धी कसुरलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा व्यापारी, व्यवसायी, बैंक तथा वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal