अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालको ‘क्लिन स्विप’
काठमाडौँ,५ कात्तिक- अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा सोमबार बिहान भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले हराउँदै सिरिजमा ‘क्लिन स्विप’ गरेको हो ।
यससँगै नेपालले सिरिज ३–०ले जितेको छ । नेपाल पहिलो खेलमा १७ रनले विजयी भएको थियो । रोमाञ्चक दोस्रो खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा स्तब्ध बनाएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५७ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १८.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।
नेपालको लागि ओपनर आसिफ शेखले अर्धशतक बनाउनुभयो । उहाँले ३८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ५० रन बनाउनुभएको हो ।

कुशल मल्लले अविजित ४४, कुशल भुर्तेलले अविजित ४० र ओपनर अनिल शाहले १३ रन बनाउनुभयो । बलिङमा अमेरिकाका जुनोय ड्रेसडाले र जसदीप सिंहले एक एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेकिाका लागि ओपनर साइटेजा मुकामल्लले ५१ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ६८ रन बनाउनुभयो । मिलिन्द कुमारले ४५ बलमा चार चौकासहित अविजित ४३ रन, एरोन जोन्सले १३ र हरमित सिंहले अविजित १० रन बनाउनुभयो ।
बलिङमा नेपालका नेपालका सोमपाल कामीले तीन विकेट लिनुभयो । रिजन ढकाल र ललित राजवंशीले एक एक विकेट झार्नुभयो । नेपालका आशिफ प्लेयर अफ दि म्याच र सोमपाल कामी प्लेयर अफ दि सिरिज हुनुभयो ।
आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग तीन वटा टी–२० क्रिकेट खेलेको हो ।
टी–२० सिरिज पछि अब आइसिसी एक दिवसीय विश्वकप लिग–२ कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ । टेक्सासस्थित ग्रान्ड पिएरे मैदानमा हुने एक दिवसीय त्रिकोणात्मक सिरिजमा आयोजक अमेरिका, नेपाल र स्कटल्यान्ड रहेको छ ।
लिग–२ को सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।
नेपाल यसअघि क्यानडामा भएको लिग–२ कै क्यानडा, नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर अमेरिका गएको हो ।
ताजा
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार





















