सयपत्री फूलले ढकमक्क ध्रुवज्योती

कला राना
वालिङ,५ कात्तिक- कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ मा रहेको धु्रवज्योती माध्ययमिक विद्यालय प्राङ्गणमा सयपत्री फूल ढकमम्क फुलेका छन् ।
तिहार नजिकिदै जादा विद्यालय परिसरमा फूलेका सयपत्री फूलले विद्यालयको वातावरणलाई थप सुन्दरता दि थपेको छ । विद्यालयले लगाएको यो फूलले विद्यालयमा सौन्दर्यता त थपिएको छ नै साथमा आम्दानी पनि भईरहेको छ ।
शीशु कक्षादेखि १२ सम्म अध्ययन हुँने धु्रवज्योती माविले २०७० सालदेखि तरकारी खेतीका साथै विद्यालयमा फूल लगाउँदै आएको छ ।

विद्यालयमा गरिएको फूलखेतीले वातावरण रमणीय बनाउनुका साथै बालमैत्री वातावरणको समेत सृजना भएको विद्यालयका प्रअ हिराबहादुर गाहाले बताउनुभयो । हरियाली एवं फूलमय वातावरणमा विद्यार्थीले विद्यार्थीलाई पढाईमा थप आक्रषण गरेको प्रअ गाहा बताउनुहुन्छ ।

दुई वर्ष पहिला विद्यालयले फूल विक्रि गरेर डेढ लाख आम्दानी गरेकोमा गत वर्ष भने प्रयाप्त फूल भएका कारण सोचेजस्तो आम्दानी गर्न नसकेको विद्यालयका प्रअ गाहाले बताउनुभयो । प्रअ गाहाले भन्नुभयो, “गत वर्ष मुस्किलले सस्तोमा एक सय रुपैँया प्रतिकेजीका दरले फूल विक्रि गरियो, यो वर्ष भने राम्रै आम्दानी हुने अपेक्षा गरेका छौँ ।”
गत वर्ष पालिकाका साथै जिल्लाका अन्यभागमा फूल प्रसस्तै हुदा आम्दानी कम भएपनि यस वर्ष भने राम्रो आम्दानी गर्ने विद्यालयले जनाएको छ ।

यो वर्ष विद्यालयले तीन हजार हाईब्रिट अमेरिकन मेरिगोल्ड जातको फूलका बेर्ना उत्पादन गरेकोमा एक हजार विरुवा विक्रि गरेर दुई हजार बेर्ना विद्यालय परिसरमै लगाईएको प्रअ गाहाले बताउनुभयो । यो वर्षको पूुल विक्रि शुरु भईसकेको छ । शुक्रबारदेखि वालिङमा शुरु भएको पालिकास्तरीय भलिबल प्रतियोगिताको उद्दघाटनका लागि विद्यालयले उत्पादन गरेको फूलबाट तयार पारिएका ६० ओटा मालाहरु विक्रि गरिएको छ ।

फूलखेतीका लागि विद्यार्थीले विद्यालय शुरु हुँनु भन्दा अगाडीको समय र विद्यालय छुट्टी भएपछिको समयका साथै खाली पिरियडमा समेत काम गर्दै आएका छन् । यसो गर्दा विद्यार्थीहरुले व्यवहारिक ज्ञान समेत लिने भएकाले विद्यालयको यो कार्यप्रति अभिभावक समेत खुसी छन् । फूल खेतीका लागि कालीगण्डकी गाँउपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ । विद्यालयले फूलको माला प्रतिगोटा एक सय रुपैँयामा विक्रि गर्दै आएको छ ।
तरकारी र फूल विक्रिबाट आएको रकम कोषमा जम्मा गरिन्छ र सोही कोषमा जम्मा भएको रकमबाट आवश्यक विउविजनका साथै मलमा खर्च गर्ने गरिएको विद्यालयले जनाएको छ ।

ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चाैतारी: अबकाे गन्तव्य
२०८१ चैत्र १० गते, आईतवार
वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित
२०८१ चैत्र ६ गते, बुधबार
वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी
२०८१ चैत्र ५ गते, मंगलवार
प्रथम पिंक सिटी महोत्सव सम्पन्न
२०८१ चैत्र ३ गते, आईतवार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार