स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले भलिबल प्रतियोगिता गर्ने
वालिङ,२० असोज- स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले भलिबल प्रतियोगिता गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय समन्वय समितिले कात्तिक २ देखि ४ गते सम्म वालिङमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने आज वालिङमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद १ लाख ५० हजार सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिले जनाएको छ । यसैगरी द्वितीय, तृतीय र सान्त्वना हुने टीमले क्रमशः नगद १ लाख, ५० हजार, २५ हजारसहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तैगरी बिभिन्न ६ वटा शिर्षकमा विधागतरुपमा पुरस्कृत गरिने छ । जस अन्तर्गत वेस्ट प्लेयरलाई नगद १० ले प्राप्त गर्नेछन् भने वेष्ट स्पाइकर, वेष्ट सेटर, मिडल व्लकर, वेष्ट सर्भर र वेष्ट डिफेन्डरलाई समान ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । उदियमा खेलाडीलाई पनि नगद ५ हजारले पुरस्कृत गरिने आयोजकले बताएको छ । प्रतियोगिताको बीचमा राष्ट्रिय कलाकारबाट विविध सांस्कृतिक कार्यक्रमसहित थप मनोरञ्जन प्रदान गरिने छ ।
प्रतियोगितामा जिल्लाका ११ ओटै पालिकाबाट एक पालिका एक टिमका दरले सहभागिता रहने आयोजक समितिका अध्यक्ष वीरेन्द्रजङ्ग केसीले बताउनुभयो ।
टिम दर्ताको लागि १५ हजार लाग्नेछ भने खेलमा सहभागि हुन खेलाडिको परिचय खुल्ने कागजातका साथै पालिको रिफारिस समेत हुन्पर्ने आयोजकले जनाएको छ । भलिबल प्रतियोगिता संगै सांस्कृतिक समेत गरिने भएको छ ।
संस्थाले बेला बेलामा भिन्न सामाजिक क्षेत्रमा समेत सहयोग गर्दै आएको छ । संस्था स्थापना भए संगै स्वास्थ्यका साथै शिक्षा क्षेत्रमा करिव ९ करोड बडिको सहयोग गरेको समितिका अध्यक्ष केसीले बताउनुभयो ।
कार्यक्रमको मुख्य प्रायोजन अमेरिकामा बस्दै आउनुभएका डिलुराम लपराजुलीले गर्नुभएको छ । पराजुलीले नगद २ लाख सहयोग गर्नुभएको आयोजकले जनाएको छ । यस्तै गरी हाल अमेरिका रहनुहुने विमला हमालले प्रथम पुरस्कार प्रायोजन गर्नुभएको छ । कतारमा रहनुभएका नारायण शर्माले द्वितीय र सुकबहादुर केसीले तृतीय पुरस्कार प्रायोजन गर्नुभएको खेल संयोजक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
पुरस्कार, मेडल, अफिसियल, प्रचार प्रसार, खेल व्यवस्थापनसहित प्रतियोगिता सम्पन्न गर्नका लागि १५ लाख ८५ हजार खर्च हुने आयोजकको अनुमान छ । यसका लागि प्रायोजक, पुरस्कार प्रायोजन, व्यानर सहयोगी, आर्थिक सहयोगलगाएतबाट खर्चको व्यवस्थापन गरिने आयोजकले जनाएको छ ।
ताजा
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार





















