वालिङमा रहेको गतिशिल सहकारीमा राखेको रकम फिर्ता नपाएको भन्दै बचतकर्ता आन्दोलित

वालिङ,२१ असोज- वालिङ नगरपालिका ८ वालिङ मोडमा रहेको गतिशिल महिला बहुउद्देयीय सहकारी संस्थाका बचतकर्ता आफुहरुले सहकारीमा बचत गरेको रकम फिर्ता नपाएको भन्दै आन्दोलित भएकाछन् ।
आन्दोलनमा उत्रीएका बचत कर्ताहरुले लामो समय सम्म आफुहरुले रकम फिर्ताको माग गर्दै आएपनि सहकारीले फिर्ता नदिएपछि बचत कर्ता एकजुट भएर आन्दोलित हुन परेको बताएकाछन् ।
रकम फिर्ता पाउने आशमा आएका अधिकाशं बचत कर्ताहरुले आफुसंग भएको सबै पैशा सहकारीमा राखेको र पटकपटक पैशा लिन आउदा पैशा नपाएपछि बिरामी हुदा उपचार गर्न समेत नपाएको गुनासो गरेकाछन् ।
बैंकमा राखेको पैशा बढि ब्याज दिने लोभ देखाएर सहकारीमा ल्याएर राख्ना अहिले आफुहरुले निकै समस्या भोग्नुपरेको सहकारी पिडितहरुको भनाइ रहेको छ ।

सहकारीमा बचत रकम माग गर्दै आन्दोलनमा आएका अधिकाशं बचत कर्ताहरु आफुहरुको नाम भने बताउन चाहदौनन् । वालिङ र भीरकोट नगपालिकाका बचत कर्ताहरु चाडबाडको बेलामा आफुले राखेको रकम फिर्ता पाउने आसामा आएपनि सहकारीले केही बचत कर्ताहरुलाई पाँच हजारका दरले रकम बितरण गरेपनि केही बचत कर्ताहरु भने आफुहरुले २५/३० लाख जम्मा गरेको तर संचालकहरु भने पाँचहजार दिएर झारा टार्न खोजेको भन्दै आक्रोशीत भएका थिए ।

केही बचत कर्ताले सहकारीले बितरण गरेको पाँच हराजर लिएर घर फर्किएकाछन् भने केही त्यती रकमले आफुहरुको दशैं खर्च नचल्ने भन्दै लिन अस्विकार गरेकाछन् ।
सहकारीका संचालकहरु कर्मचारीलाई जिम्मा लगाएर आफुहरु भागेको भन्दै थप आक्रोशीत भएकाछन् । केही दिन पहिले सहकारीका अध्यक्ष कविता भुसालले २१ गते रकम दिने भन्दै बचत कर्ताहरु आज रकम पाउने आसमा बिहानैदेखि लाइनमा बसेका थिए ।


भीरकोट नगरपालिका ५ की तारा अर्यालले चाडबाडको बेलामा आफुले जम्मा गरेको रकम माग गर्दै पटकपटक धाउनुपर्ने अवस्था आउनु निकै दुखद भएको बताउदै आफुहरु बिहानैदेखि पैशा पाउने आसमा बसेपनि सहाकारीका सम्बन्धीत व्याक्तिहरुलाई भेटन नपाएको गुनासो गर्नुभयो ।

वालिङ नगरपालिका ८ का ध्रुव सुवेदीले बचत रकम पाइन्छकी भनेर आएको बताउनुभयो । सुवेदीले भन्नुभयो, “ पहिला उहाँहरु हाम्रा पैशा लिन झोला लिएर घर-घरमा जानुभयो । अहिले हामीहरु उहाँहरुको अपिसमा पैशा लिन आउदा पाएकाछैनौ ।” यो काहाँ सम्मको अन्याय हो उहाँले प्रति प्रश्न गर्नुभयो ।
सुवेदीले सहकारी संचालकले पहिलादेखिनै समस्या आएपनि चासो नदिएको बताउदै पत्रकार र मिडियाले पनि कानमा तेल हालेर बसेको भन्दै आक्रोश व्याक्त गर्नुभयो । एउटा सानो कुरा देख्ने मिडियाले यत्रो कुरा नदेखेझै गर्नु दुःखद भएको समेत बताउनुभयो ।


यसैगरी वालिङ नगरपालिका ८ भीमटारीका तीर्थ अर्यालले सोझासाझा जनताले जम्मा गरेको पैशा नपाउनु दुःखन कुरा भएको बताउदै आफुले पनि बचत गरेको रकम फिर्ता नपाएको बताउनुभयो । बचत कर्ताको बचत रकम समितिले जिम्मा लिएर फिर्ता गर्नुपर्ने वालिङ ८ का श्याम शर्माले बताउनुभयो ।
गतिशिल महिला बहुउद्देयीय सहकारी संस्थाकी अध्यक्ष कविता तिवारी गएको स्थानीय तहको निर्वाचनमा वालिङ नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएपछि सहकारीको अध्यक्षको जिम्मेवारी कविता भुसालले समाल्दै आउनुभएको छ ।
सहकारीका बारेमा बुझ्न आध्यक्ष भुसाल संग फोन सम्पर्क गर्दा उहाँसंग सम्पर्क हुन सकेन ।

ताजा

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal