वालिङ १२ वडा कार्यालयद्वारा खेल्कुद सामग्री वितरण

वालिङ,८ असार- वालिङ नगरपालिका वडा नम्बर १२ वडा कार्यालयले आफ्नो वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई खेलकुद सामग्री वितरण गरेको छ । 

वडाले आ.व. २०८०।०८१ को खेलकुद विकास कार्यक्रमको योजना अनुरुप खेलकुद सामग्री वितरण गरेको हाे। खेल्कुद सामग्री वितरण कार्यक्रममा बोल्दै कार्यवहाक वडा अध्यक्ष धर्मागत पराजुलीले विद्यालयमा अध्ययनरत साना बावुनानीहरुको खेलकुदका माध्यमबाट शारीरिक एवं मानसिक विकासमा सहयाेग पुर्याउने बताउनुभयाे। 

त्यस्तै वडा सदस्य तिल बहादुर डालाले जनप्रतिनिधि समुदायकाे भित्री तह सम्म पुगेर उहाँहरुकाे चाहाना अनुसारकाे काम गर्न लागि परेकाे बताउनुभयाे।

वडा भित्र रहेका ९ वटा सामुदायिक विद्यालयहरुलाई विद्यालयका प्रधानाध्यापकहरु मार्फत उक्त सामग्री वितरण गरेको वडा सचिव पदमप्रसाद पराजुलीले जानकारी दिनुभयाे।  भलिबल जाली, व्याडमिन्टन, लुडो, चेस, स्किपिङ लगायतका  खेलकुद सामग्री वितरण गरिएकाे वडा कार्यालयले जनाएकाे छ । 

विद्यालयहरुलाई खेलकुद सामग्री आवश्यक परेको तर कहि कतैबाट सम्बोधन हुन नसकेको अवस्थामा वडा कार्यले विद्यालयकाे आवश्यकता बुझेर सामग्री उपलब्ध गराएकाेमा  सिर्सेकोट देउराली आधारभूत विद्यालयकी प्रअ गौमती गुरुङले धन्यवाद दिनुभयाे।  

सामुदायिक विद्यालयमा पढ्ने धेरै प्रतिशत बालबालिकाको घरको आर्थिक अवस्थाका कारण खेलकुदमा पहुँच पुग्न नसकेको अवस्था देखेर नै खेलकुद सामग्री वितरण गरिएकाे वडा सचिव पराजुलीले बताउनुभयाे । 

यस अघि वडाले सामाजिक सुरक्षा भत्ता नविकरणका साथै टोलटोलमै पुगेर जेष्ठ नागरिक तथा अपाङगता भएका लाभग्राहीहरु लाई सेवा दिदै आएकाे थियाे।

ताजा

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal