एमाले सत्ता समीकरण परिवर्तनको पक्षमा छैनः सचिव अर्याल
वालिङ,७ असार- नेकपा एमाले सचिव एवं पूर्व मन्त्री पद्मा कुमारी अर्यालले एमाले सत्ता समीकरण परिवर्तनकोे पक्षमा नरहेको बताउनुभएकाे छ। शुक्रबार नेकपा एमाले वालिङ नगर कमिटीको दोस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै सचिव अर्यालले भन्नुभयाे,‘एमालेको मिसन सत्ता परिवर्तन होइन,‘मिसन ८४’ हो ।’ कसैले चाँहदैमा सरकार परिवर्तन हुदैन।
बितेका ३४ वर्षमा २७ पटक सरकार परिवर्तन भएको बताउदै एमाले स्थिर सरकारको पक्षमा रहेको सचिव अर्यालकाे भनाई थियाे। नेपालमा राजनीतिक अस्थिरताले उद्योग, कलकारखाना संकटमा परेको बताउँदै उद्योगी, व्यापारी र लगानीकर्तालाई हतोत्साही नहुन आग्रह समेत गर्नुभयाे। शनिबार सम्म चल्लने अधिवेशनले नयाँ नेत्रृत्व चयन समेत गर्ने छ। अध्यक्ष पदमा हाल्का अध्यक्ष शाेभाकान्त पाैडेल र पुण्य अर्यालले आकाङ्क्षा राख्नुभएकाे छ।