स्याङ्जा र बाग्लुङकाे फाइनल यात्रा तय

वालिङ,१२ फागुन- शनिबार भएको सेमिफाइनल खेलबाट स्याङ्जा र बाग्लुङले फाइनलको यात्रा तय गरेका हुन् । आज भएको सेमिफाइनलको दोस्रो खेलबाट बाग्लुङले पर्वतमाथि जीत निकाल्दै फाइनल प्रवेश गरेको हो  खेल अत्यन्त प्रतिस्पर्धात्मक भएको थियो । तर चौथो सेट पुनः बाग्लुङले हत्याएपछि पर्वतले तृतीय स्थानको लागि प्रतिस्पर्धा गनुपर्ने भएको छ । आजै स्याङ्जासँग पराजित भएको नवलपूर र पर्वतबीच तृतीय स्थानका लागि प्रतिस्पर्धा हुनेछ । यसैगरी स्याङ्जा र बाग्लुङबीच प्रथम स्थानका लागि फाइनल खेल हुने छ । यी दुबै खेल भोलि १३ गते महोत्सव समापनका दिन गराइने खेल संयोजक राजन दर्लामीले जानकारी गराउनुभयो । चापाकोटमै पहिलो पटक राष्ट्रिय खेलाडीको सहभागितामा भएको खुला भलिबल प्रतियोगिता अत्यन्त रोचक रहेको खेल संयोजक रानाले बताउनुभयो ।

चापाकोट नगरपालिका वडा नम्वर २ धुर्कोटका स्वर्गीय थापाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । स्वर्गीय थापाको मृत्यु भएको ४५ दिन पुगेको अवसर पारेर खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । स्वर्गीय थापा गण्डकी प्रदेशकै एक होनहार भलिबल खेलाडी थिए । स्वर्गीय सन्तोष थापा स्मृतिकप २०८० मा गण्डकी र लुम्विनी प्रदेशका सात जिल्लाका सातै टीमको सहभागिता रहेको थियो भने खेल लिग कम नकआउट सिस्तममा खेलाइएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टीमले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । यसैगरी बेष्ट प्लेयरलाई ५ हजार र अन्य बिभिन्न ६ वटा विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार नगदसहित ट्रफीले पुरस्कृत गरिने छ ।

ताजा

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal