चापाकोटमा कृषि क्याम्पस बन्ने
गोपाल जिटी
वालिङ,१६ फागुन- चापाकोटमा प्रस्तावित प्राकृतिक स्रोत व्यवस्थापन ( कृषि ) कलेज सञ्चालन हुने भएको छ । चापाकोट नगरपालिका वडा नम्बर ८ रत्नपुरमा कृषि कलेज सञ्चालन गरिने भएको हो ।
चापाकोट नगरपालिकाको आयोजनामा बुधबार प्रस्तावित प्राकृतिक स्रोत व्यवस्थापन कलेज सञ्चालन सम्बन्धमा वृहत छलफल कार्यक्रम मार्फत जानकारी गराइएको हो ।
कार्यक्रममा सम्वोधन गर्दै नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विकासका कामहरु सबैको साझा काम भएको बताउनुभयो । कतिपय विकासका कामहरुमा राजनीति गरेको देखिन्छ, त्यो गलत भएको भन्दै मन्त्री गुरुङले विकासका काममा होइन, देश र जनताका लागि राजनीति गरिनुपर्ने बताउनु भएको हो । चापाकोटमा कृषि कलेज सञ्चालनका लागि आँफूलगाएत सबै दलका प्रतिनिधीको सहभागितामा प्रधानमन्त्री समक्ष कुरा राखेको मन्त्री गुरुङले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो-“ यहाँ कृषि कलेज सञ्चालनका लागि काङ्ग्रेस, एमाले, माओवादीलगायत सबै दलका प्रतिनिधिको पहलमा कुरा अगाडि बढेको हो । यो क्याम्पस यो वा त्यो कुनै पनि दल विशेषको होइन । यहाँ सबैजनाको पहलकदमी छ, सबैले अध्ययन गर्ने हो, लाभान्वित हुने हो । त्यसैले सबैको साझा काम र साझा उपलव्धी हुने छ ।”
हामीले चाहे जस्तो विकास नहुनुको कारण काममा गरिएको राजनीति भएको उहाँको भनाई छ । सत्तामा रहेकालाई प्रतिपक्षले सराप्ने र प्रतिपक्षमा रहेकालाई वास्ता नगर्ने नेपाली राजनीतिमा रहेको गलत प्रवृत्ति हो, यसलाई हामी सबैले त्याग्नुपर्छ । काम जे सुकै होस् आँफनो पार्टी बन्नुपर्छ भन्ने सोंचले नै विकासले फड्को मार्न नसकेको हो । आँफू कहिल्यै पनि विकासका काममा त्यसरी नहेर्ने र त्यो पक्षमा नरहेको मन्त्री गुरुङले उल्लेख गर्नुभयो । त्यसैले चापाकोटमा बन्ने कृषि कलेज हामी सबैको प्रतिष्ठाको विषय बनिसकेकाले सबै मिलेर छिटो सञ्चालनमा ल्याउनुपर्नेमा उहाँको जोड छ । यसका लागि आँफूले जोडबलकासाथ लाग्ने मन्त्री गुरुङको भनाई छ ।

यसैगरी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका डिन अर्जुनकुमार श्रेष्ठले कृषि कलेजलाई धेरैले सामान्यरुपमा हेर्ने गरेको पाइन्छ तर त्यस्तो नभएको बताउनुभयो । कृषि कलेज एवम् कृषि तथा वन विज्ञानको अध्ययन र क्षेत्र महान र विशाल रहेको उहाँको भनाई छ । २०७२/०७३ मा कृषि क्याम्पस सञ्चालन सम्बन्धी ऐन बनेसँगै नेपालका १३ स्थानमा कृषि कलेज स्थापना गर्ने नियम बनेको हो । सोहि अनुसार चापाकोटमा पनि सञ्चालन हुन लागेको उहाँले उल्लेख गर्नुभयो । त्यसैले विश्वविद्यालय कलेज खोल्न तयार रहेको उहाँले बताउनुभयो । कार्यक्रममा सर्वोच्च अदालतका माननीय न्यायाधिश तीलप्रसाद श्रेष्ठले कृषि कलेल सञ्चालनका लागि बजेट, दरवन्दी र पूर्वाधार मुख्य हुन्छ, यसको व्यवस्थापन भैसकेको उल्लेख गर्नुभयो । शिक्षाजस्तो क्षेत्रमा अरु काम जेसुकै होस् मेरो राजनीति विग्रनुहुँदैन या राम्रो हुनुपर्छ भनेर लाग्न हुँदैन । यो कलेज कुनै पार्टीको हुँदैन, चापाकोटवासीकासाथै देशकै कलेज हुने उहाँले बताउनुभयो ।
यस्तै गण्डकी प्रदेशका पूर्व सांसद भागवत प्रकाश मल्लले यहाँ बन्ने कृषि क्याम्पस चापाकोटवासीको मात्र नभएर समग्र जिल्लावासीकै गौरवको विषय भएको बताउनुभयो । यसका लागि जग्गाको व्यवस्थापन भैसकेको र आवस्यक थप जग्गाको लागिसमेत पहल भैरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमको सूरुमा चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाँण ( इश्वर ) ले कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । जानकारीसँगै कृषि कलेज सञ्चालनका लागि नगरपालिकाले के के गर्नुपर्ने हो, सबै गर्न तयार रहेको व्यक्त गर्नुभएको छ ।

ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















