कार्य सम्पादन मूल्याङ्कनमा भीरकोट पहिलो

अर्जुन काफ्ले

स्याङ्जा,११ फागुन- स्थानीय सरकारले गरेको कार्य सम्पादन मूल्याङ्कनमा जिल्लाका ११ पालिकामध्ये भीरकोट नगरपालिका पहिलो भएको छ । कार्य सम्पादनलाई आधार बनाएर राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा भीरकोट पहिलो भएको हो ।

आयोगले गरेको कार्य सम्पादन मूल्याङ्कनमा भीरकोटले ४६ दशमलब २५ अङ्क प्राप्त गर्दैै जिल्लामै पहिलो भएको हो । यहाँको कालिगण्डकी गाउँपालिका ४३ दशमलब ०२ अङ्क प्राप्त गर्दै पालिकामा पहिलो र समग्रमा दोस्रो बन्न सफल भएको हो । ४२ दशमलब ३२ अङ्क प्राप्त गर्दै फेदिखोला गाउँपालिका तेस्रो भएको छ भने वालिङ नगरपालिकाले ४१ दशमलब ४९ अङ्क प्राप्त गरि चौथो भएको छ । ४१ दशमलब ३७ अङ्क प्राप्त गरेको गल्याङ् नगरपालिका जिल्लामा पाँचौ स्थानमा रहन सफल भएको आयोगले प्रकाशित गरेको प्रतिवेदनले देखाएको छ । आयोगले जारी गरेको प्रतिवेदनमा कार्य सम्पादनमा ३९ दशमलब ३३ अङ्क प्राप्त गरेको अर्जुनचौपारी गाउँपालिका छैटौं स्थानमा छ भने बिरुवा गाउँपालिकाले ३७ दशमलब ४० अङ्क प्राप्त गर्दै जिल्लाका पालिकामध्ये सातौं स्थानमा छ ।

आयोगले १० असारभित्र बजेट ल्याए/नल्याएको, ३० असारभित्र बजेट पास गरे÷नगरेको, घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए/नदिएको लगायतका आधारमा मूल्याङ्कन गरेको देखिन्छ ।

यसअघि स्थानीय तह संस्थागत क्षमत स्वमूल्याङमा अर्जुन चौपारी गाउँपालिका पहिलो भएको थियो । स्थानीय तहले आगामी आवको आय/व्ययको प्रक्षेपणसहितको अनुमानित विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाए/नपठाएको, स्थानीय तहले बजेटको वार्षिक समिक्षा कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको जस्ता आधारमा अङक आयोग दिएको हो । गोप

ताजा

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेटका कँडेललाई प्रशासनले घरमै पुगेर दियाे नागरिकता

२०८३ जेष्ठ १९ गते, मंगलवार

शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन

२०८३ जेष्ठ १५ गते, शुक्रबार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal