कार्य सम्पादन मूल्याङ्कनमा भीरकोट पहिलो
अर्जुन काफ्ले
स्याङ्जा,११ फागुन- स्थानीय सरकारले गरेको कार्य सम्पादन मूल्याङ्कनमा जिल्लाका ११ पालिकामध्ये भीरकोट नगरपालिका पहिलो भएको छ । कार्य सम्पादनलाई आधार बनाएर राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा भीरकोट पहिलो भएको हो ।
आयोगले गरेको कार्य सम्पादन मूल्याङ्कनमा भीरकोटले ४६ दशमलब २५ अङ्क प्राप्त गर्दैै जिल्लामै पहिलो भएको हो । यहाँको कालिगण्डकी गाउँपालिका ४३ दशमलब ०२ अङ्क प्राप्त गर्दै पालिकामा पहिलो र समग्रमा दोस्रो बन्न सफल भएको हो । ४२ दशमलब ३२ अङ्क प्राप्त गर्दै फेदिखोला गाउँपालिका तेस्रो भएको छ भने वालिङ नगरपालिकाले ४१ दशमलब ४९ अङ्क प्राप्त गरि चौथो भएको छ । ४१ दशमलब ३७ अङ्क प्राप्त गरेको गल्याङ् नगरपालिका जिल्लामा पाँचौ स्थानमा रहन सफल भएको आयोगले प्रकाशित गरेको प्रतिवेदनले देखाएको छ । आयोगले जारी गरेको प्रतिवेदनमा कार्य सम्पादनमा ३९ दशमलब ३३ अङ्क प्राप्त गरेको अर्जुनचौपारी गाउँपालिका छैटौं स्थानमा छ भने बिरुवा गाउँपालिकाले ३७ दशमलब ४० अङ्क प्राप्त गर्दै जिल्लाका पालिकामध्ये सातौं स्थानमा छ ।
आयोगले १० असारभित्र बजेट ल्याए/नल्याएको, ३० असारभित्र बजेट पास गरे÷नगरेको, घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए/नदिएको लगायतका आधारमा मूल्याङ्कन गरेको देखिन्छ ।
यसअघि स्थानीय तह संस्थागत क्षमत स्वमूल्याङमा अर्जुन चौपारी गाउँपालिका पहिलो भएको थियो । स्थानीय तहले आगामी आवको आय/व्ययको प्रक्षेपणसहितको अनुमानित विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाए/नपठाएको, स्थानीय तहले बजेटको वार्षिक समिक्षा कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको जस्ता आधारमा अङक आयोग दिएको हो । गोप
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















