सूचनाको प्रभाव

लोकनारायण सुवेदी

विश्वभरि नै सूचना तथा सञ्चार प्रौद्योगिकीले हाम्रो जीवनका प्रत्येक पक्षलाई निर्बाध छाइसकेको छ । यसले अपेक्षित अनपेक्षित प्रत्यक्ष घुसपैठका साथै हाम्रो जीवनमा कामका नयाँ नयाँ शृङ्खला पनि पैदा गरिरहेका छन् । पुराना कामहरूको स्वरूप पनि परिवर्तन हुँदै गइरहेका छन् । आजको संसारमा यी सबै कुराको सूत्रधार भने कम्प्युटर नै हो । कम्प्युटरको अवतरण हाम्रो परिवेशमा अनेक रूपमा भइसकेको र भइरहेको छ तर ती सबैको आधार भने कृत्रिम बुद्धि अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को व्यवस्था हो, जस अन्तर्गत भिन्न भिन्न किसिमका समस्याको समाधान खोजिने या समाधान गरिने छ । वास्तवमा स्थिति के छ भने केवल अध्ययन अनुसन्धान मात्र होइन, विश्वका देशको अर्थव्यवस्था र सामरिक शक्तिलगायत सबै कुरा त्यस देशको कम्प्युटरको क्षेत्रमा निपुण र दक्षतामाथि निर्भर हुन पुगेको या भइसकेको अवस्था बनिसकेको छ । त्यसैले सञ्चार र प्रविधि आजको विश्व विकासको सबैभन्दा महत्वपूर्ण सङ्केत बनेको छ ।

हुन पनि कम्प्युटरका शब्दाबलीको हिसाब–किताब पनि अद्भूत र आश्चर्यकारी रहेको छ । सामान्य उदाहरणका लागि ‘डाउनलोड,’ ‘अपलोड’ गर्नु (जसको नेपाली अनुवाद ‘उतार्नु र चढ्नु हुने छ’) यो यस्तो क्रियाकलाप हो, जसले गर्दा एकछिनमै मानिस सारा संसारसँग जोडिन पुग्छ या जोडिने क्षमता प्राप्त गर्छ । हामीले सूचनाका साथ ‘लक, सेलेक्ट, डिलिट, कपी, पेस्ट, सेयर, फ्लिप, जुम आदि जस्ता जेसुकै काम पनि कम्प्युटरमा सजिलै गर्न सक्छौँ । यस प्रकार आजको यथार्थ तस्बिर के छ भने कम्प्युटरको प्रयोग र प्रभावको क्षेत्र दिन दुईगुना रात चौगुनाको हिसाबले सर्वत्र बढ्दै गइरहेको छ । ज्ञानविज्ञान, खेलकुद, देशाटन, स्वास्थ्य, बजारको क्रय–विक्रय र नागरिक सुविधा आदिसँग जोडिएका सारा प्रश्नहरूको उत्तर तथा समस्याको समाधान पनि यसैको सहायताबाट आज प्राप्त हुन थालेका छन् । यतिसम्म कि अन्तरिक्षको यात्रा र अनुसन्धान पनि अब कम्प्युटर यन्त्रको दायरामा आइसकेको छ ।

यो उन्नत प्रविधिको विकासले गर्दा कैयौँ प्रकारका नयाँ नयाँ व्यवसाय पनि उत्पन्न हुन थालेका छन् । जीवनयात्रामा सूचनाको यो अभूतपूर्व उपस्थितले संसारका सबै मानिसको जीवनमा यसले आश्चर्यचकित तुल्याउने स्थिति उत्पन्न गरिरहेको र नयाँ नयाँ जिज्ञासा पैदा गरिरहेको छ । सूचनाको उपलब्धताले शायद मानिसलाई आफ्नो विराटताको पनि बोध गराउँछ । साथै जीवन्त संसारबाट काटेर मानिसलाई धुम्धुम्ती एकसुरे र एक्लो पनि यसले बनाइरहेको छ । आज प्रायः सबै परिवारमा प्रत्येक सदस्यसँग सूचना तन्त्रसँग जोडिने आआफ्नो स्वतन्त्र व्यवस्था छ । एन्ड्रोयड तथा एप्पल मोबाइलहरू सबै जसो सुविधाले सुसज्जित छन् । कम्प्युटर पनि सजिलैसँग उपलब्ध छन् । त्यसले मनिसको काम र जीवनको यात्रा शृङ्खला नै भिन्नै बनाइदिएको छ ।

सूचनाको संसारमा हरेक किसिमका सूचना छन् । यसमा राम्रा–नराम्रा, नैतिक–अनैतिक कुन सूचना छनोट गर्ने हो र कोसँग के कति जोडिने या टाढा रहने हो, यी सबै कुरा सूचना बहुसञ्जाललाई सुम्पिदिनु कम खतरनाक छैन । सूचनाको तस्करी पनि छ, डकैती (ह्याकिङ) पनि चलिरहेकै छ । व्यक्तिगत जीवनमा सूचना–व्यवस्थापन कत्तिको घातक हुन सक्छ भन्ने कुरा पनि खडा भएको छ । बितेका केही वर्षमा ‘ब्ल्युह्वेल गेम’ का क्रममा भएका दुर्घटनाबाट यसले कस्तो स्थिति उत्पन्न हुन्छ भन्ने कुरा बुझ्न सकिन्छ । कस्तो किसिमले ‘भर्चुअल रियालिटी’ले मानिसलाई बाँधेर के के गर्न प्रेरित र प्रोत्साहित गरिरहेको छ या गर्न सक्छ, त्यसले प्रस्ट पारेको छ । त्यसको यो त्रासद उदाहरण या नमुना हो । जुन जुन तथ्यहरू पत्रपत्रिकामा यस सम्बन्धमा छापियो, तिनका पनि जुन आधा र अपूरा व्यहोरा बाहिर प्रकाशमा आएका छन्, तिनकै आधारमा कुनै स्पष्ट र सामान्य निष्कर्षसम्म पुग्न अझै पनि मुस्किल छ । तथापि यस प्रकारका घटनाबाट के लाग्छ भने सूचनाको यो खेल आश्चर्यकारी र त्रासद पनि छ । त्यसले जेसुकै पनि गराउन सक्छ । टाढा टाढाका देशदेखि सूचना मार्गबाट नियन्त्रित ‘ब्लु ह्वेल’का खेलले बालबालिकालाई कसरी वशीभूत गरेर बाँध्ने गर्छ र तिनलाई जेसुकै गर्न पनि बाध्य तुल्याउँछ, त्यो देखिएको छ । बालबालिकाहरू खेलसँग जोडिने, सूचना पाउने तथा आकर्षित हुने र निर्देशन दिइएको हिसाबले काम गर्ने गर्छन् । त्यसको चरम उत्कर्ष मृत्युलाई वरण गर्नुसम्मका घटना पनि हुन सक्छन् । निश्चय नै ‘थ्रिल’ पनि यो खेलको एउटा पक्ष हो । त्यसलाई आफ्नो अनुभव अन्तर्गत ल्याएर महसुस गर्नु क्षणिक नै भए पनि त्यो निकै उत्तेजक हुने गर्छ । यति हदसम्म कि त्यसको परिणतिको अर्थ बुझ्ने र त्यसमाथि विचार गर्ने समय र फुर्सद पनि हुँदैन । यसले नयाँ नयाँ तरिकालाई जन्माउने र त्यसको प्रतिफलले ‘सेन्सेसन सिकिङ्ग’ को प्रवृत्तिलाई झल्काउने गर्छ, जुन कुरा आज एकदमै बढ्दै गएको छ । आआफ्ना सूचनाका संसारमा हराएर परिवारका सदस्य बालबालिकाका लागि सजिलै र सक्रिय रूपले कम उपलब्ध भइरहेका छन् । 

अझ यी कुरा विकसित समाजमा एक्लै निजीपनको अँध्यारो उज्यालोमा अझ बढी नै रहेका छन् । आत्मलीन सभ्यताको स्वप्न व्यक्तिको उत्कर्ष हो, उसको आफ्नो मर्जी ! ऊ जस्तो चाहन्छ त्यस्तै रहने, जस्तो चाह्यो त्यस्तै बाँच्ने या मर्ने पनि उसकै खुसी । यस्तो समाज, परिवार सबैसँग काटिएर आफैँमा हराउने किसिमको स्वप्निल सोच अन्ततः एकदम खतरनाक कुरा हो र हुन पुग्छ नै । त्यसैले सूचनाको सञ्जाल तथा त्यसको उपयोग सकारात्मक र उपयोगी हुनु पर्छ । पारिवारको स्तरमा त्यसको सन्तुलित उपयोग कसरी गर्ने गम्भीर रूपमा विचार गर्नु पर्छ । यसलाई राम्रोसँग बुझ्नु बुझाइनु पर्छ कि परिवार र समाजतर्फ उन्मुख जीवन व्यक्तिविरुद्ध हुनु हुँदैन । त्यसैले दुवैका यस्तो पारस्परिकतालाई ग्राह्य र सहज तुल्याइनु अत्यावश्यक छ । अत्याधुनिक सूचना प्रणालीको विकासलाई अत्याधुनिक किसिमले नै सहज र समुन्नत सामाजिक तथा वैयक्तिक जीवनका निम्ति सदुपयोग गर्नु पर्छ । नकारात्मकताका निमित्त होइन । यो विश्वका हरेक राष्ट्र, समाज र परिवारले राम्रोसँग बोध गर्नै पर्ने गम्भीर विषय हो ।

विकासको चरम उत्कर्षमा पुगेको आजको विज्ञान र प्रविधिको उन्नतिलाई विश्व समाजको हितमा लगाउँदा जति बढी फाइदा हुन्छ, त्यसको दुरुपयोग गर्दा त्यत्तिकै भयावह स्थिति पनि उत्पन्न हुन सक्छ । त्यसैले आज विज्ञान, ज्ञान र विवेकको सन्तुलन अत्यन्तै संवेदनशील बन्न गएको छ । यसले मात्र सही दिशामा मानव समाजलाई सही किसिमले गतिशील तुल्याउन सक्छ । आज मानव समाजको ध्यान अन्य कुराका अतिरिक्त यस कुरामा केन्द्रित हुनुपर्ने देखिन्छ । अन्यथा सूचनाको यो बाढीले कहाँ लगेर हुत्याइदिन्छ कसैले पनि भन्न नसकिने स्थिति खडा हुन्छ । यो कम त्रासद विषय होइन ।गोप

ताजा

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै

२०८३ श्रावण ९ गते, शनिबार

अकला देवी मन्दिरमा चाेरी गरेर भाग्दै गर्दा स्थानियले समातेर लगाए प्रहरीकाे जिम्म

२०८३ श्रावण ८ गते, शुक्रबार

धुर्कोट ग्रेटवाल निर्माण

२०८३ श्रावण ६ गते, बुधबार

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

२०८३ श्रावण ६ गते, बुधबार

टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८३ श्रावण ५ गते, मंगलवार

स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु

२०८३ असार ३२ गते, बिहीबार

निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय  सर्वोच्चद्वारा बदर

२०८३ असार ३० गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal