स्वतन्त्र पत्रकारिताको मर्मविपरीत विधेयक आउँदैन: मुख्यमन्त्री पाण्डे

गण्डकी,१२ माघ- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र पत्रकारिताको मर्मविपरीत प्रदेश आमसञ्चार विधेयक नल्याइने प्रष्ट पार्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा आज पोखरामा आयोजित पुरस्कार अर्पण समारोहमा उहाँले पत्रकारिता जगत्बाट प्राप्त सुझावकै आधारमा सो विधेयक बन्ने बताउनुभयो ।

“तपाईँहरू ढुक्क हुनुहोस्, प्रदेश सरकारले स्वतन्त्र पत्रकारिताको उद्देश्य र मर्मविरुद्ध हुनेगरी कानुन ल्याउँदैन, यहाँहरूले दिएको सुझावमा सामान्य यताउता होला, तर विधेयकको मूल सारमा कुनै परिवर्तन हुँदैन”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “विषयगत समितिमा छलफल टुङ्गिएपछि आमसञ्चार विधेयकको अन्तिम प्रतिवेदन तयारीको काम भइरहको छ, प्रदेशसभाको आगामी हिउँदे अधिवेशनबाट पारित हुन्छ ।”

उहाँले सूचना प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रले आफ्नो विश्वसनीयता कायम राख्नुपर्ने चुनौती बढेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले पत्रकारिता क्षेत्रको विकास र पत्रकारको पेसागत सुरक्षाका लागि योजना बनाएर काम थालेको बताउनुभयो । पत्रकारको वृत्तिविकास, लोककल्याणकारी विज्ञापनलगायतका क्षेत्रमा प्रदेश सरकारले लगानी वृद्धि गरेको उहाँले उल्लेख गर्नुभयो ।

ताजा

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु

२०८३ असार ३२ गते, बिहीबार

निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय  सर्वोच्चद्वारा बदर

२०८३ असार ३० गते, मंगलवार

विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

२०८३ असार ३० गते, मंगलवार

मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस

२०८३ असार २९ गते, सोमबार

वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित

२०८३ असार २८ गते, आईतवार

श्रमजीवी पत्रकारको करार नतोड्न  नेपाल पत्रकार महासंघको आग्रह

२०८३ असार २६ गते, शुक्रबार

मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ

२०८३ असार २६ गते, शुक्रबार

विद्युत् सर्ट भई आगलागी हुँदा दुई बाख्रा र पाँच कुखुरा जले

२०८३ असार २६ गते, शुक्रबार

आत्मदाहकाे प्रयास गरेका गणेशकाे निधन

२०८३ असार २६ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal