मन जित्यो नेपालले

नेपाल विश्व क्रिकेटको ठुलो टिम बन्ने सम्भावना भएको राष्ट्र हो । नेपाली टिममा प्रतिभाको भण्डार छ । समर्थकको अपार साथ छ, जसले नेपाललाई धेरै परसम्म पु-याउने छ – वासिम अक्रम पाकिस्तानका महान् अलराउन्डर ।

 धेरै समयपछि नेपालका रूपमा यस्तो एसियाली टिम देखेँ, जुन टिमका ब्याट्सम्यानले विश्वस्तरीय बलहरूको सर्ट बलमा सजिलै चौका, छक्का प्रहार गर्दै थिए । यो तारिफयोग्य छ – गौतम गम्भीर, भारतका पूर्वक्रिकेटर ।

 नेपाली क्रिकेटरलाई अन्तर्राष्ट्रिय क्रिकेट अभ्यस्त गर्न भारतले हात बढाउनु पर्छ । भारतको ए टिमलाई नेपाल पठाउनुस् । भारतको घरेलु संरचनाको क्रिकेटमा नेपाली खेलाडीलाई ठाउँ दिनुस् किनभने नेपालसँग क्रिकेटको लगाव मात्र होइन, खेल्ने क्षमता पनि छ – आकाश चोपडा, चर्चित कमेन्टेटर ।

विश्व क्रिकेटका यी हस्तीले हचुवाका भरमा यी भनाइ राखेका होइनन् । एसिया कपमा विश्वका दुई शीर्ष टिम भारत र पाकिस्तानसँगको प्रदर्शनपछि नेपालको प्रशंसामा खर्चिएका यी त केही उदाहरण मात्र हुन् । 

हुन पनि एसिया कपबाट साँच्चिकै नेपाली क्रिकेटको सम्मान र प्रतिष्ठा बढेको छ । मिनी वल्र्ड कप क्रिकेट मानिएको एसिया कप नेपालले पहिलो पटक खेलेको हो । २१ वर्षअघि पनि नेपाल एसिया कपमा चयन भएको थियो तर यी दुई राष्ट्रबिचकै तनावले सो समय एसिया कप रद्द भयो । नेपालको भारत र पाकिस्तानसँग क्रिकेट खेल्ने सपना चकनाचुर भयो । 

यी दुवै देश भौगोलिक हिसाबमा नेपालको निकै नजिक छन् तर क्रिकेट दूरी भने उत्तिकै टाढा । भारत, पाकिस्तान त टाढाको कुरा बङ्गलादेश, श्रीलङ्कासँगको शृङ्खला पनि सम्भव भइरहेको थिएन तर नेपालले कसैको कृपाले नभएर आफ्नै बलबुताले भारत र पाकिस्तासँग खेल्न आफूलाई योग्य बनायो । नेपालले एसिसी प्रिमियर कप उपाधि जितेपछि यो सम्भव भएको हो । अब बल्ल व्रिmकेटमा पनि नेपालको क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँगको दूरी कम भएको छ ।

भारत र पाकिस्तानविरुद्ध क्रिकेट खेल्ने नेपालको सपना हो । एसिया कपमा नेपाल भारत र पाकिस्तानकै समूहमा प-यो । नेपालले चार दिनको अन्तरमा भारत र पाकिस्तानविरुद्ध खेल्ने अवसर पायो । यस अर्थमा नेपाल भाग्यमानी पनि रह्यो । विश्व क्रिकेटमा भारत र पाकिस्तान ठुला नाम हो । 

व्रिmकेटमा यी दुवै देशको छेउछाउमा पनि नेपाल छैन । यस्तो स्थितिमा भारत र पाकिस्तानविरुद्ध नेपालको जितको अपेक्ष गर्नु यथार्थपरक थिएन । नेपालले दुवै खेलमा फराकिलो हार पनि बेहो-यो । पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले हारेको नेपालले भारतसँग दस विकेटले खेल गुमायो ।

तर यी दुवै स्कोर कार्डले नेपालको प्रदर्शनबारे भ्रम पर्न सक्छ । किनभने दुवै खेलमा नेपालले आफ्नो छाप छोडेर विश्वलाई आफ्नाको प्रशंसा गर्न बाध्य तुल्याएको थियो । पाकिस्तानविरुद्धको पहिलो खेलमा नेपालले पहिले फिल्डिङ गरेको थियो । पाकिस्तान विश्वको नम्बर एक टिम, जसमा विश्वका उत्कृष्ट ब्याट्सम्यानहरू भरमार थिए तर त्यस्तो टिमविरुद्धको पालिमा सुरुको ३० ओभरसम्म नेपाल हाबी थियो । नेपाली बलिङ आक्रमणले ब्याटिङ पिचमा अनुशासित र नियन्त्रित बलिङ गरेर पाकिस्तानलाई दबाबमा राखेको थियो । 

सो अनुशासित बलिङबाट नेपालले पाकिस्तानको सुरुको चार विकेट १२५ रनमै निकालेपछि नेपालले चमत्कार गर्न सक्ने अपेक्षा पनि भयो । यद्यपि पाकिस्तानका कप्तान बाबर र इफ्तिकार अहमदले १३१ बलमा २१४ रनको विस्फोटक दोहोरो साझेदारी गरेर खेललाई नेपालको पहुँचभन्दा पर पु-याइदिनुभयो ।

विश्वका नम्बर एक ब्याट्सम्यान बाबरले १३१ बलमा १५१ रनको शानदार पालि खेल्नुभयो । करण केसीले ५५ रनमा छँदा आफ्नै बलिङमा छोडेको बाबरको क्याचले ठुलो मूल्य चुकाउनु परेको हो । बाबर मात्र होइन, प्रारम्भिक ब्याट्सम्यान इमाम उल हकको सजिलो क्याच पनि विकेटकिपर आसिफ शेखले छोडेको थियो । 

पाकिस्तानविरुद्धको ब्याटिङमा भने नेपाल धराशायी नै भयो । पहिलो खेलमा पाकिस्तानविरुद्ध कमजोर ब्याटिङ गरेको नेपाल अर्को विश्वस्तरीय बलिङ आक्रमणमा धराशायी हुने संशय थियो तर नेपाली ब्याट्सम्यानहरूले भारतको तेज र स्पिन बलिङ आक्रमणमा प्रशंसालायक ब्याटिङ गरे । भारतको विश्वस्तरीय बलिङ आक्रमणसामु कुशल भुर्तेल, आसिफ शेख, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले प्रहार गरेको चौका, छक्काले विश्व क्रिकेटलाई मोहित बनायो ।

नेपाली ब्याट्सम्यानले भारतविरुद्धको खेलमा ४८।१ ओभर टिकेर बनाएको २३० रन नै यस एसिया कपको सबभन्दा चर्चाको विषय बन्यो । यद्यपि भारतको जवाफमा पानी परेपछि नेपाललाई घाटा भयो । पानीले भिजेको मैदानमा बललाई ‘ग्रिप’ गर्न गाह्रो हुने भएकाले पनि नेपाली बलरलाई बेफाइदा भयोे, जसको फाइदा भारतका दुई ब्याट्सम्यान रोहित शर्मा र शुभमन गिलले उठाउनुभयो ।

जे होस्, यो हप्ता नेपाली व्रिmकेटले ठुलो खुसी दियो । साना–ठुला,क्रिकेट बुझेका–नबुझेका, जनता–नेता सबै जना व्रिmकेटले दिएको उपलब्धिमा खुसी बने । नेपाल अब विश्व क्रिकेटमा ठुलो टिमका रूपमा अगाडि आउँदै छ भन्ने सङ्केत ग-यो । यस प्रतियोगितापछि व्रिmकेट विज्ञहरूले विश्व क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय व्रिmकेट काउन्सिल (आइसिसी) मार्पmत नेपाललाई बढीभन्दा बढी सहयोग गर्नुपर्ने आवाज उठाउन थालेका छन् ।

आइसिसीले पनि नेपाललाई ठुलो सम्भावना बोकेको देशका रूपमा लिएको छ । एसिया कपको खेलपछि नेपाली व्रिmकेटको सम्भावनाको बाटो खुलेको छ । अब पक्कै पनि विभिन्न देशमा हुने फ्रेन्चाइ लिगमा नेपाली क्रिकेटर पुग्ने छन् ।

नेपाली क्रिकेटको यो उपलब्धिमा रमिरहेको बेला नेपाली क्रिकेटलाई माया गर्ने एक पक्ष भने यो खुसी क्षणिक हुने त होइन भन्ने चिन्तामा छन् । उनीहरूको शङ्का जायज पनि छ । एसोसिएट राष्ट्रले लामो समयसम्म सफलतालाई बनाइराख्न सकेको इतिहास छैन । विश्वकप खेलिसकेका केन्या, नामिबिया, क्यानडा, बर्मुडा, पपुआ न्युगिनी जस्ता देश यसका ज्वलन्त उदाहरण हुन् । आयरल्यान्ड र अफगानिस्तानले मात्र एसोसिएटबाट टेस्ट मान्यताप्राप्त राष्ट्रसम्म पुग्ने क्रममा आफ्नो स्तरलाई कायम राखेका छन् ।

अफगानिस्तानको प्रगति कसैबाट लुकेको छैन । अफगानिस्तानले नेपालभन्दा धेरै पछाडि अन्तर्राष्ट्रिय व्रिmकेटमा पाइला टेकेको हो । युद्धले गाँजेको यस देशको क्रिकेटलाई अगाडि ल्याउन भारत, पाकिस्तान, युएई जस्ता राष्ट्र अगाडि आए । आयरल्यान्डको घरेलु क्रिकेट राम्रो छ । त्यसैले आयरल्यान्ड पनि माथि चढ्दै गयो । आयरल्यान्डलाई क्रिकेटमा सबभन्दा बढी फाइदा छ । यो राष्ट्र बेलायतको सदस्य भएको कारण आयरल्यान्डका व्रिmकेटरलाई इङ्गल्यान्डको काउन्टी क्रिकेटमा खेल्ने मौका मिल्ने गर्छ, जसले गर्दा आयरल्यान्डका क्रिकेटर राम्रो अनुभव हासिल गर्छन् । अहिले आयरल्यान्ड र अफगानिस्तानले टेस्ट मान्यता नै पाइसकेको छ ।

नेपालको बारेमा पनि अहिले छिमेकी देशबाट यस्तै सहयोगको अपेक्षा गरिएको छ । नेपाली खेलाडीलाई आइसिसीले विभिन्न देशमा हुने फ्रेन्चाइ लिग तथा अन्य व्रिmकेट प्रतियोगितामा खेलाउन पहल हुनुपर्ने आवाज उठ्न थालेका छन् । भारतीय क्रिकेट विज्ञहरू नै भारतमा हुने रणजी ट्रफी, दुलिप ट्रफी, विजय हरारे ट्रफी, डियोधर ट्रफी, इरानी ट्रफी जस्ता प्रमुख घरेलु प्रतियोगितामा नेपाली खेलाडीलाई खेलाउने वातावरण मिलाउनुपर्ने कुरा गरिरहेका छन् ।

नेपाली क्रिकेटको विकासमा अहिले सबभन्दा ठुलो बाधा भनेको कमजोर घरेलु क्रिकेट संरचना र भौतिक पूर्वाधार हो । यस सत्रको घरेलु क्रिकेट क्यालेन्डर हेर्ने हो भने प्रतियोगिता नगन्य छ । नेपालमा क्रिकेटको ठुलो व्रmेज छ । भारत र पाकिस्तानसँगको खेलपछि अब नेपालमा झन् ठुलो सङ्ख्यामा क्रिकेट खेलिने छ होला । नेपालमा अन्तर्राष्ट्रिय खेल हुँदा रङ्गशालामा दर्शकको खचाखच भिड हुन्छ, जुन दृश्य टेस्ट नेखल्ने राष्ट्रमा पाइँदैन । मिडियाले घरेलु क्रिकेटको राम्रो कभरेज गरिरहेको छ । सबभन्दा महìवपूर्ण कुरा ठुलो सङ्ख्यामा युवा क्रिकेट खेल्छन् र व्रिmकेटमा आफ्नो भविष्य बनाउन चाहन्छन् । अब यसलाई ‘क्यास’ गर्न जरुरी छ । सरकार, नेपाल क्रिकेट सङ्घ र व्यापारिक घरानाहरूले मिलेर यो काम गर्न सक्छन् । कुनै पनि खेलको विकासका लागि सरकार, सरोकारवाला निकाय र प्रायोजकहरूको ठुलो हात रहेको हुन्छ ।

हुन त सरकारले अहिलेसम्म खेलकुदलाई प्राथमिकतामा राखेको छैन तर एसिया कपमा नेपालले खेल्दा राष्ट्रपति, प्रधानमन्त्रीलगायत अन्य नेताको बधाई सन्देशको ओइरो लागेको थियो । अब यो सफलतालाई नै हेरेर भए पनि अब सरकारले आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउन नितान्त आवश्यक छ । क्रिकेट जस्तो खेललाई सरकारी स्तरबाट नै प्रभावकारी प्योकज आउनु पर्छ । क्यानको काम भनेको खेलाडीलाई १२ महिना नै क्रिकेटमा व्यस्त गराउन सक्नु पर्छ । यसका लागि घरेलु संरचना बलियो बनाउनु पर्छ । 

घरेलु क्रिकेटलाई सकेसम्म लम्ब्याउनु पर्छ । राष्ट्रिय क्रिकेटर मात्र होइन, स्थानीय क्रिकेटरलाई पनि चार, पाँच महिना प्रतियोगितामा व्यस्त गराइरहनु पर्छ । दुईदिवसीय, एकदिवसीय र छोटो संरचनाको टि–ट्वान्टी लगातार हुनु पर्छ । जुनियर क्रिकेटमा ध्यान दिनु पर्छ, जसले गर्दा खेलाडीको कमी नहोस् । 

अर्को कुरा खेलाडीलाई यो खेलमा लागेर बाँच्न सक्छु भन्नेमा ढुक्क गराउन सक्नु पर्छ । यसका लागि ठुला कम्पनीलाई व्रिmकेटमा जोड्नु पर्छ । यसमा कमजोरी भयो भने सफलता कायम राख्न सकिँदैन । यी पक्ष इमानदार भएर लागेमा नेपाली क्रिकेटले हामीलाई अझ गर्बिलो उपलब्धि दिने छ । नत्र क्रिकेटबाट सबैको मोहभङ्ग हुन समय लाग्ने छैन । नेपालले अबको लक्ष्य विश्वकप क्रिकेट र टेस्ट मान्यतालाई बनाउनु पर्छ ।स्रोतःगोप

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal