वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

वालिङ,१६ असार- वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित हुनुभएकाे छ। अध्यक्षमा उम्मेदवारी दिनुभएका निवर्तमान काेषाध्यक्ष खगुपति न्याैपानेले ढुङ्गानालाई समर्थन गरेपछि ढुङ्गाना निर्विराेध अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे। निवर्तमान वरिष्ठ उपाध्यक्ष अध्यक्षमा निर्विराेध भए संगै वालिङ उद्याेग वाणिज्य संघकाे पहिलाे महिला अध्यक्ष बन्ने अवशर ढुङ्गानाले प्राप्त गर्नुभएकाे छ। ढुङ्गानालाई नेकपा एमालेले अध्यक्षकाे रुपमा अगाडि सारेकाे थियाे। यहि असार १२ गतेबाट सुरु भएकाे अधिवेशन सहमति नभएका पदहरुमा २१ गते मतदान द्वारा टुङ्गाे लगाउने ब्यवस्था मिलाइएकाे छ।

वरिष्ठ उपाध्यक्षमा शंकर डुम्रे र प्रकाश अर्याल विच प्रतिस्प्रदा हुने भएकाे छ। निवर्तमान महासचिव रमेश अर्यालले शंकर डुम्रेलाई समर्थन गरे संगै दुई पक्ष प्रतिस्प्रदा हुनेभएकाे हाे।

निवर्तमान महासचिव रमेश अर्यालले कांग्रेस एमाले गठबन्दन र रास्वपा विच अन्य पदमा प्रतिस्प्रदा हुने बताउदै अन्य केही पदमा पनि सहमतिकाे प्रयास भइरहेकाे जानकारी दिनुभयाे।

यध्यपी निर्वाचन समितिले भने अध्यक्षमा निर्वाचन भएकाे घाेषणा गर्न बाकी रहेकाे छ। निर्वाचनकाे प्रकृयामा रहेकाेले निर्विराेध भएपनि घाेषणा गरिएकाे छैन।

वरिष्ठ उपाध्यक्ष डुम्रे नेपाली कांग्रेस समर्थन व्यावसायी हुनुहुन्छ भने अर्याल रास्वपाका नेता एवं व्यावसायी हुनुहुन्छ।

ताजा

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका

२०८३ श्रावण १६ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal