मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

वालिङ,१५ असार- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा मनसुनी गतिविधि थप सक्रिय हुने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्राधिकरणले आइतबार जारी गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा असार १६ र १७ गते मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको छ। केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने पनि जनाइएको छ।

यसैगरी देशका पहाडी तथा तराईका धेरै स्थान र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको भन्दै अचानक बाढी, पहिरो, भू–कटान, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले जोखिमयुक्त खोला तथा नदी किनार, पहिरोको जोखिम भएका क्षेत्र र बाढी आउन सक्ने स्थानमा अनावश्यक आवतजावत नगर्न, डुबानको जोखिममा रहेका बासिन्दाले सुरक्षित स्थानमा जान तयारी अवस्थामा रहन तथा आवश्यक परे तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।

त्यसैगरी तीनै तहका सरकार, सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरिएको छ। जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर र लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न तथा विपद् व्यवस्थापन समितिसँग समन्वय गरी सतर्क रहन पनि प्राधिकरणले आग्रह गरेको छ।

वर्षा र बाढीसम्बन्धी सूचना प्राप्त गर्न ११५५, विपद्मा सहयोगका लागि ११४९, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बलको १११४ हटलाइन नम्बरमा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ। साथै जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान तथा चेतावनी नियमित रूपमा पालना गर्न पनि आग्रह गरिएको छ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal