फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
वालिङ,१९असार- फेदिखाेला गाउँपालिकाले राष्ट्रिय सम्मान प्राप्त गरेकाे छ।
नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालयले तोकेका सबै सूचकहरु पूरा गरी बाल श्रम मुक्त पालिका घोषणा गर्न सफल भएको भन्दै स्याङ्जाकाे फेदिखाेला गाउँपालिकाका अध्यक्ष घनश्याम ससवेदी सम्मानित हुनुभएाे हाे। बिहीबार कनठमाडाैँमा आयाेजित कार्यक्रममा स्याङ्जाकाे फेदिखाेला र बिरुवा गाउँपालिका सहित देश भरिका १३ वटा स्थानीय तहलाई युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय सम्मान प्रदान गरेको हाे ।
बाल श्रम मुक्त पालिका घोषणा गर्न सफल भएका पालिकाका प्रमुखहरुलाई यवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले एक कार्यक्रमका बिच सम्मान गर्नुभएकाे हाे।
सम्मानित भएपछि फेदिखाेला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले सम्मानले आफुलाई थप उत्साहित बनाएकाे बताउदै याे सम्मान पालिका बासिकाे मात्र नभएर जिल्लाकै एउटा गाैरवकाे कुरा भएकाे बताउनुभयाे।

स्याङ्जाका स्थानीय तहहरु मध्ये नगरपालिकाकाे तुलनामा गाउँपालिकाहरुले कार्य सम्पादनमा अग्रभागमा आउने गरेकाे पाइन्छ।
देशै भरका ७ सय ५३ पालिका मध्ये १३ ओटा पालिका मात्रै सम्मानित हुदा १३ भित्र पर्न सफल स्याङ्जाकाे फेदिखाेला गाउँपालिका र बिरुवा गाउँपालिकालाई हार्दिक बधाई।

ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















