भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
भिमाद,१९ असार- रूम टु रिड र सूर्योदय क्लबको प्राविधिक सहयोग, भिमाद नगरपालिकाको आर्थिक सहयोग तथा भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र रिसिङ गाउँपालिकाको आयोजना तथा व्यवस्थापनमा सह-शिक्षा मोडलअन्तर्गत सञ्चालित बालबालिका शिक्षा तथा लैङ्गिक समानता कार्यक्रम अन्तर्गत शिक्षकहरूका लागि सञ्चालन गरिएको पाँचदिने जीवन उपयोगी सीप तालिम सम्पन्न भएको छ।
भिमाद नगरपालिकाको सभाहलमा सञ्चालन भएको उक्त तालिममा तीनवटै स्थानीय तहका १८ वटा विद्यालयका कक्षा ६ मा अध्यापन गराउने शिक्षक–शिक्षिकाहरू सहभागी भएका थिए। पाँच दिनसम्म सञ्चालन भएको तालिममा १३ वटा सत्रमार्फत जीवन उपयोगी सीप, लैङ्गिक समानता, बाल अधिकार, सहभागितामूलक शिक्षण विधि तथा व्यवहारिक शिक्षासम्बन्धी विषयमा सहजीकरण गरिएको थियो।
कार्यक्रममा भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदी सुवेदीले तालिममा सिकेका ज्ञान, सीप र अनुभवलाई विद्यालयमा व्यवहारमा उतार्दै सबै शिक्षक तथा विद्यार्थीसम्म पुर्याउन आग्रह गर्नुभयो। उहाँले यस्ता तालिमले परम्परागत रूपमा शिक्षा र शिक्षकलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।उहाँले शिक्षालाई केवल किताबी तथा सैद्धान्तिक ज्ञानमा सीमित नराखी जीवन उपयोगी, व्यवहारिक र सीपमूलक बनाउन आवश्यक रहेको उल्लेख गर्दै बालबालिकालाई स्वदेशमै सक्षम, आत्मनिर्भर र सिर्जनशील नागरिकका रूपमा विकास गराउने जिम्मेवारी शिक्षकहरूको भएको बताउनुभयो। यसका लागि स्थानीय तह, विद्यालय व्यवस्थापन तथा प्रधानाध्यापकहरूको समेत सक्रिय पहल आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।
तालिममा सहभागी तीनवटै स्थानीय तहका प्रतिनिधि शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई कक्षाकोठामा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा विद्यार्थीहरूको व्यवहारिक सिकाइ अभिवृद्धिमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा सूर्योदय क्लब तथा रूम टु रिडका कार्यक्रम अधिकृत नित्यानन्द पाण्डे, रमेश श्रेष्ठ, कार्यक्रम प्रबन्धक वीरेन्द्र थापा,कार्यक्रम अधिकृत लक्ष्मी नेपाल, सुनिता देवी श्रेष्ठ र कलावती बिमलीले विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो। तालिमले शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धिसँगै विद्यालय शिक्षालाई थप व्यवहारिक, समावेशी र जीवन उपयोगी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
शैक्षिक क्षेत्रमा यश प्रकारका तालिमले महत्वपूर्ण परिवर्तन ल्याउन सहयाेग पुर्याउने सूर्याेदय क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठले बताउनुभयाे।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















