स्वेच्छाचारीताले पार्टी सबल हुदैन एमाले सचिव बिष्ट


पोखरा,८ साउन-नेकपा ( एमाले ) गण्डकी प्रदेश कमिटीले कास्की जिल्ला बाट प्रतिनिधित्व गर्ने प्रदेश सचिबालय सदस्य तथा सदस्यहरू संग अन्तरक्रीया बैठक सम्पन्न गरेको छ ।
बैठकमा नेकपा (एमाले) का सचिव एवं गण्डकी प्रदेश कमिटीका इन्चार्ज गोकर्ण बिष्टले नयाँ चुनौती र जिम्मेवारीलाई सामना गर्न यथार्थमा मैदानमा उत्रनु पर्ने भन्दै परिणाम निस्कने गरि पार्टी काममा लाग्न सबै प्रदेश कमिटीका सदस्यहरूलाई आग्रह गर्नुभएको थियो ।
पूर्वि मन्त्री समेत रहनुभएका सचिव बिष्टले एमाले सरकारका योजना र प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूले गरेका कामको प्रभाबकारी प्रचार संगै सबै नेता तथा कार्यकर्ताहरू अनुशासित र इमान्दार व्यवहार हुनुपर्नेमा जोड दिनुभयो ।
संगठनात्मक अराजकता र स्वेच्छाचारीताले पार्टी सबल हुन नसक्ने बताउदै बिष्टले नेतृत्वदेखि कार्यकर्ता सम्म त्यसको अन्त्य अबको पहिलो शर्त हुने बताउनुभयो ।
अवशरका लागि मात्रै पार्टी खोज्ने प्रवृत्ति घातक भएको हुँदा निहित ब्यक्तिगत स्वार्थ केन्द्रीत हुने गरि काम नगरी देश र जनताको हितमा मात्रै केन्द्रित हुन आफ्नो पार्टीका निर्वाचित जन प्रतिनिधिहरूलाई सचिव बिष्टले आग्रह गर्नुभयो ।
उहाँले पार्टी प्रणालीमा चल्ने हुदा विधि र प्रक्रियाबाटै अनुशासन स्थापित गर्ने उद्घोष गर्नुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले अब नेतृत्व होस वा कार्यकर्ता सच्चिनुको बिकल्प नभएको बताउनुभयो । पार्टीका विरुद्ध भएका अनर्गल प्रचारलाई परास्त गर्न प्रतिवाद गर्नुपर्ने बताउदै एक भएर लाग्न समेत कार्यक्रताहरुलाई आग्रह गर्नुभयो ।

ताजा

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal