एमालेका विरुद्ध प्रविधिको दुरुपयोग गरियोः नेता बस्नेत


वालिङ,९ साउन- नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले नेकपा एमालेका विरुद्ध प्रविधिको दुरुपयोग गरिएको बताउनुभएको छ । मंगलबार भीरकोट नगरपालिकाको पर्यटकीय स्थल भीरकोट पार्कमा प्रेस चौतारी नेपाल स्याङजा शाखाको नवौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेता बस्नेतले नागरिकमा भ्रम सृजना गर्न प्रविधिको प्रयोग भईरहेको भन्दै सूचना र प्रविधिको सही प्रयोगमा जोड दिनुभयो ।
एमाले बस्नेतले भन्नुभयो, ‘म सुचना प्रविधिको ज्ञाता त होईन तर एमाले विरुद्ध मिसन नै चलाएर सूचना प्रविधिको दुरुपयोग भएको छ, यसलाई हामीले रोक्नुपर्छ ।’ समाजलाई प्रगतिको पथमा हिँडाउने, समाजलाई सुसुचित गर्नुको साटो कुनै पार्टी वा संस्था तथा व्यक्तिलाई टार्गेट गरेर नागरिकलाई भ्रम सिर्जना गर्न प्रविधिको दुरुपयोग भईरहेकाले यसलाई रोक्नुपर्ने उहाँले बताउनुभयो ।
योजनाबद्ध ढंगले एमाले विरुद्ध लागेको भन्दै एउटाले काक्रो चोरेर खाने साथीलाई बियाँ टासिदिएर उम्कन खोजिरहेको अवस्था रहेको भन्दै एमाले पार्टी विरुद्ध भ्रम सृजना गर्नेहरुलाई सत्यतथ्य छानबिनका लागि चुनौती दिनुभयो । साथै नेता बस्नेतले प्रेस चौतारी आम नागरिकको पक्षमा हुनुपर्ने भन्दै चौतारीमा अवद्ध पत्रकारहरुको सूचना, लेख विश्वसनीय तथ्यमा आधारित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बढ्दो प्रविधिको युगमा प्रेस जगतलाई अपडेट गरी आम नागरिक समक्ष जोडिनुपर्ने बताउँदै पत्रकारले कलम चलाउँदै गर्दा पिडकले सजाय र पिडितले न्याय पाउनेगरी कलम चलाउन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य राजिव पहारी, सीता सुन्दास, सिमा क्षेत्री, नेकपा एमाले गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मी प्रेस चौतारी गण्डकी प्रदेश इन्चार्ज रामकृष्ण ज्ञवाली, प्रेस चौतारी गण्डकी प्रदेश अध्यक्ष इन्द्र पौडेल एमाले जिल्ला अध्यक्ष पारस गैह्रे, गाउँपालीका महासंघका महासचिव खिमबहादुर थापा, भीरकोट ६ का वडा अध्यक्ष लक्ष्मण खत्रि लगायतले बोल्नुभएको थियो ।

साधरण सभाको अवसरमा प्रेस चौतारी नेपाल स्याङजाका निवर्तमान अध्यक्ष मुक्ति न्यौपानेलाई सम्मान समेत गरिएको छ । कार्यक्रम अध्यक्ष शुसिल सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष कला राना र सञ्चालन जिवन अर्यालले गर्नुभएको थियो ।

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal