सूर्योदय वोमी लघुवित्तद्वारा बायाँटारीमा ब्यवसायिक च्याउ खेती तालिम
वालिङ,२९ चैत- सूर्योदय वोमी लघुवित्तले वालिङ नगरपालिका १३ बायाँटारीमा आज एक कार्यक्रमको बीच आफ्ना सदस्यहरुलाई एक दिने वित्तीय साक्षरता तथा ब्यवसायिक च्याउ खेती गर्ने तालिम प्रदान गरेको छ । सूर्याेदय वाेमी लघुवित्त संस्थाकाे बायाँटारी शाखाले आफ्ना सदस्यहरुलाई लक्षित गरेरे साे कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा धेरै महिलाहरु समस्यामा परेका बेला उद्यमशिलता विकासका लागि तालिम मार्फत सिप प्रदान गर्न संस्थाले पहल गरेको हाे।
वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा वालिङ नगरपालिका १३ का वडा अध्यक्ष नमलाल डुम्रे,वडा सदस्य लाल वहादुर थापा ,जनपत्रकार संगठनका केन्द्रीय सदस्य तथा अकला आवाज साप्ताहिकका सम्पादक ध्रुव गौडेल लगायतले अहिलेको वित्तीय अवस्था संगै लघुवित्तले गरेका सकरातमक कार्यहरूका साथै समस्याका विषयमा आ आफ्ना धारणा राख्नुभएकाे थियाे।
कार्यक्रममा क्षेत्रीय प्रमुख अमित क्षेत्रीले आफ्ना सदस्यहरुलाई वित्तीय क्षेत्रका बारेमा जानकारी गराउनु भएकाे थियाे।
ब्यवसायिक च्याउ खेती तालिमका प्रशिक्षक द्वय गोविन्द प्रसाद शर्मा र हुम वहादुर कुमालले पराल धुने पकाउने देखि बीउ राख्ने लगायतका विषयमा प्रयोगात्मक हिसाबले सदस्यहरुलाई अभ्यास गराउनुभएकाे थियाे ।
तालिमका सहभागी सदस्यहरुले बोल्दै सीप सिकेपछि लिएको कर्जा मार्फत आय आर्जन गर्न सहयोग पुग्ने र संस्थाले अझ बढी यस्ता तालिमहरु आयोजना गरेको खण्डमा सत प्रतीशत ऋणि हरुको आर्थिक स्तर माथी उठ्ने बताएकाथिए।
सूर्याेदय वाेमी लघुवित्त वित्तीय संस्थाका अनुगमन अधिकृत दिपक अधिकारीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमको अध्यक्षता सदस्य राधिका भण्डारीले गर्नुभएकाे थियाे भने बायाँटारी शाखा प्रमुख राजु नेपालीकाे सञ्चालन संगै सुरु भएकाे कार्यक्रममा करिव १०० जना सदस्यहरूकाे सहभागिता रहेकाे थियाे।
ताजा
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार





















