सिद्धार्थ राजमार्ग दैनिक नौ घण्टा अवरुद्ध हुने

फाइल तस्विर:

लुम्बिनी,२० चैत- सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड दैनिक नौ घण्टा अवरुद्ध हुने भएको छ ।

सडकखण्डअन्तर्गत बन्दै गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि मङ्गलबारदेखि दैनिक नौ घण्टा सडक बन्द हुने भएको हो ।

निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु गरेको र माथिबाट खुकुला ढुङ्गाहरू पहरोबाट खस्ने भएकाले सडक सञ्चालन गर्दा जोखिम हुने भएकाले हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजे तथा रातको १० बजेदेखि बिहान ४ बजेसम्म सडक अवरुद्ध हुने भएको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आज बसेको राजमार्ग सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा अर्को सूचना जारी नभएसम्म बन्द रहने सडकमा एम्बुलेन्सलगायत अत्यावश्यक सवारी साधन सञ्चालनमा भने अवरोध नहुने गरी कार्य गर्न सम्बन्धित योजना कार्यालयले व्यवस्था मिलाउने निर्णय भएको छ ।

ताजा

test

२०८२ जेष्ठ ५ गते, सोमबार

test

२०८२ जेष्ठ ५ गते, सोमबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal