पाउडर दूध बनाउने डिडिसीको प्लान्ट बन्द, निजी संस्थालाई सरकारकै २० करोड अनुदान

शशिधर पराजुली

विराटनगर, २५ फागुन– कोशी प्रदेश सरकारको लगानीमा नयाँ पाउडर प्लान्ट स्थापना भई सञ्चालनको तयारी भइरहेको बेला सरकारको स्वामित्वमा रहेको दूध विकास संस्थानको विराटनगरस्थित विराटनगर दुग्ध वितरण आयोजनाको पाउडर प्लान्ट बन्द भएको छ । बजेट र सरकारी नियमन अभावले प्लान्ट झन्डै एक वर्ष देखि शून्य गतिविधि गर्दै आएको हो । 

तर सरकारी स्वमित्वकै प्लान्ट बन्द गरेर कोसी प्रदेश सरकारले भने निजी संस्थालाई २० करोड रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ । सरकार नै सरकारी संस्थाहरूलाई दुरुत्साहन गर्दै निजीलाई वढावा दिएको यो एउटा गतिलो उदाहरण बनेको छ । विराटनगरको डिडिसीको प्लान्ट बन्द छ तर सुनसरीको तरहरामा रहेको सगरमाथा विशिष्टीकृत सहकारी संस्थालाई पाउडर दूध उत्पादन गर्न भन्दै २० करोड रुपियाँ अनुदान उपलब्ध गराएको हो । 

दूधको खपत बढाउने उद्देश्यले डिडिसीले सञ्चालनमा ल्याएको प्लान्टलाई भने सरकार नत अनुगमन नै गरेको छ नत अनुदान रकम नै उपलब्ध गराएको छ । तत्कालीन प्रदेश १ सरकारले यसरी सरकारी संस्था बन्द गराउने खेल खेलेको गुनासो स्थानीयहरूले गरेका छन् । 

किसानहरूकै चलाखीले डिडिसीको प्लान्ट बन्द गरेर निजीकरण गरी उपभोक्ता माथि मनोमानी सुरु गर्न थालेको बुझिएको छ । यता डिडिसीको पाउडर प्लान्टमा दूध अभाव गराउँदै यहाँका किसानले दैनिक १५ हजार लिटर दूध कास्कीको पोखरामा विक्री गर्दै आएको थियो । त्यसपछि दूध नपाएपछि प्लान्ट बन्द जस्तै भएको छ, यता निजी संस्थाले उस्तै प्रकारको प्लान्ट निर्माण सम्पन्न गरेपछि अव डिडिसीको प्लान्ट सञ्चालन हुने अवस्थामा छैन । 

किसानहरूले भने डिडिसीको सञ्चालन घाटा उच्च भएका कारण किसानसँग दूध खरिद गरे पनि समयमा किसानलाई पैसा तिर्न नसकेका कारण दूध विक्री नगरेको जनाएको छ । 

ढिलो भुक्तानीले समस्या हुने भएपछि किसानहरूले डिडिसीको साटो निजी डेरी तथा सहकारीहरूलाई दूध बिक्री गर्न थालेका स्वीकार गरेका हुन् । दैनिक सरदर ७० हजार लिटर दूध सङ्कलन गर्दै आएको डिडिसीको विराटनगर आयोजना क्रमशः खुम्चिँदै दैनिक ४० हजार, २० हजार हुँदै अहिले शून्य जस्तै भएको छ । 

अव प्रदेश १ का किसानबाट उत्पादित दूधको खपत बढाउन र बढी दूध उत्पादन हुने समयमा धूलो दूध बनाएर राख्न समस्या नहुने विशिष्टीकृत सहकारी संस्थाका व्यवस्थापक मेघराज लुइँटेलले बताउनुभयो । 

सहकारीले प्रतिघण्टा १० हजार लिटर दूध प्रोसेसिङ गरी पाँच मेट्रिकटन धूलो दूध उत्पादन गर्ने क्षमताको पाउडर प्लान्ट स्थापना गरेको लुइँटेलले बताउनुभयो । उहाँले चैत्र महिनाभित्रै प्लान्ट उद्घाटन गर्ने तयारी रहेको जानकारी दिनुभयो । कोसी प्रदेश सरकारको २० लाख अनुदान र सहकारी संस्थाको तर्फबाट ८ करोड रुपैयाँ गरी २८ करोडमा प्लान्ट निर्माण गरेको उहाँले बताउनुभयो । 

दूधको मूल्य वृद्धि

सरकारले केही दिन अगाडि दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको छ । मूल्य वृद्धिपछि दूध उत्पादक किसानहरू उत्साहित भएका छन् । पछिल्लो मूल्य वृद्धिसँगै भैँसी पाल्ने किसानहरूले प्रतिलिटर ९० रुपैयाँ वा त्यसको हाराहारीमा पाउने भएका छन् ।

ताजा

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal