विद्यार्थीद्वारा माैलिकता झल्किने क्याटरिङ्ग इभेन्ट
बुटवल,२२ फागुन– बुटवलको ढवाहामा रहेको वेस्टर्न मेगा क्याम्पसका विद्यार्थीहरुले नेपालको मौलिकता झल्किने गरि क्याटेरिङ्ग इभेन्ट सम्पन्न गरेका छन्।
बिएच एम चौथो सेमेस्टरमा अध्यनरत फूड प्रोडक्शन एण्ड क्याटेरिङ्ग म्यानेजमेन्ट विषयकाे प्रयोगात्मक कार्य स्वरुप विद्यार्थीहरुले साे कार्यक्रमको आयोजना गरेका हुन्।
प्रत्येक वर्षको चौथो सेमेस्टरमा भिन्न भिन्न विषयवस्तु माथि क्याटेरिङ्ग इभेन्टको आयोजना गर्दै आएकाे आइरहेको यस क्याम्पसले यस पटक भने केही फरक र पृथक बनाउने उदेश्यले नेपालको पहिचान हिमाल,पहाड र तराईलाई जाेड्ने गरि नेपालको तीन ओटै भौगोलीक क्षेत्रलाई समेट्ने गरि उक्त क्षेत्रका मौलिक खानाका परिकारहरु बनाएका थिए। खाना संगै सस्कृति झल्काउने गरि हिमाल,पहाड र तराईका पोशाकमा सजिएर मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए।
यसले सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षालाई व्यावहारिक तथा विद्यार्थीलाई वास्तविक कार्य क्षेत्रमा उत्रन सहयोग पुग्ने क्याम्पसका प्राचार्य श्रीप्रसाद भट्टराईले बताउनुभयाे।
उक्त इभेन्टले विद्यार्थीलाई वास्तविक होटेल म्यानेजमेन्टका चुनाैती तथा कमजोरी अनुभव र यसलाई सच्याएर लैजाने शिक्षा प्राप्त गर्न सकिने हुदा हरेक सेमेस्टरमा भिन्न भिन्न इभेन्टकाे आयोजना गरिएको भट्टराईले जानकारी दिनु भयो।
विद्यार्थीलाई सैद्धान्तिक, प्रयोगात्मक, ब्यबहारिक र ब्यावसायिक जस्ता चौतर्फी शिक्षाको विकाशका लागि फरक फरक किसिमका कार्यक्रमहरु आयोजना गर्दै आएको क्याम्पसले जनाएकाे छ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















