रामपुर अस्पतालमा लैङ्गिक हिंसा सम्बन्धि एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना
रामपुर,२८ माघ– रामपुर अस्पतालमा लैङ्गिक हिंसा सम्बन्धि एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले उद्घाटन भएको हो । केन्द्रको उद्घाटन गर्दै प्रदेशसभा सदस्य श्रेष्ठले पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका नागरिकहरु समेत यस कार्यबाट लाभाम्वित हुने बताउनुभयो ।
कालीगण्डकी करिडोर सङ्ग जाडिएको यसक्षेत्रकै ठुलो अस्पतालको रुपमा विकाश गर्नका निम्ति तीन तहका सरकारको समन्वय आवश्यक रहेकोे श्रेष्ठले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारको सहयोगमा संचालन भएको ५० शैयाको निर्माणाधीन अस्पतालको सेवा प्रवाहलाई चुस्त दुरुस्त पार्न स्थानीय सरकारले निगरानी गर्नुपर्ने उँहाको भनाइ थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले अस्पतालमा आधारित लैङ्गकि हिंसा सम्बन्धि एकद्वार संकट व्यवस्थापन केन्द्रबाट हुने काम, सेवाबारे जानकारी दिदै स्थापनासङ्गै अस्पतालको केन्द्र मै पुगेर प्रहरीले उजुरी बुझ्ने प्रावधान, नमुना संकलन, प्रमाण पेशदेखि मनो परामर्श सेवा समेत दिनपर्ने बताउनभयो ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















