शसस्त्र प्रहरी गुल्म वालिङमै रहनुपर्नेमा सरोकारवालाको जोड


वालिङ,२६ माघ- वालिङ नगरपालिकामा बिहीबार भएको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले शसस्त्र प्रहरी गुल्म वालिङमै राख्नुपर्नेमा जोड दिएका छन् ।

वालिङ नगरपालिकाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले शसस्त्र प्रहरी गुल्म वालिङमै राख्नुपर्नेमा बताएकाहुन । सुरक्षाको दृष्टिकोणले शसस्त्र प्रहरीको गुल्म वालिङमा अपरिहार्य रहेको बताएका हुन् । शसस्त्र प्रहरी बल ३० नम्बर गुल्म वालिङ नगरपालिका ८ स्थित घ्याङलिङमा विगत २२ वर्षदेखि अस्थाई रुपमा रहँदै आएकोमा जग्गाको व्यवस्थापन गरी गुल्मलाई स्थायी रुपमा स्थापना गर्नको लागि नगरपालिकाले सरोकारवालाहरु संग अन्तरक्रियाको आयोजना गरेको हो ।
विगत २२ वर्षदेखि शसस्त्र प्रहरी पूणर्ामृत भवानी माविको स्वामित्वमा रहेको जग्गामा बस्दै आएको छ । सो अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश सांसददेखि स्थानीय जनप्रतिनिधि लगायत सबै सरोकारवालाहरुले शसस्त्र प्रहरी गुल्मलाई वालिङमै राख्नुपर्ने बताएकाहुन् ।

कार्यक्रमा गण्डकी प्रदेश सांसद सरस्वती अर्यालले वालिङ बजारदेखि केही माथि घ्याङलिङमा रहेको शसस्त्र गुल्म अन्य सुरक्षाको हिसाबले समेत उक्त स्थान महत्वपुणर् रहेको भन्दै गुल्मलाई यथास्थानमै स्थायी रुपमा राख्नुपर्नेमा जोड दिनुभएको हो । गण्डकी प्रदेश निर्वतमान सांसद मोहन रेग्मीले वालिङमा बढिरहेको जनघनत्व तथा यहाँको दिर्घकालिन विकास र समृद्धिका लागि शसस्त्र प्रहरी गुल्म वालिङमै रहनुपर्ने बताउनुभयो । शसस्त्र प्रहरी बलका कारण पनि वालिङ बासीले सुरक्षित महसुस गरेको बताउँदै गुल्म स्थायी रुपमा व्यवस्थापन गर्नका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले वालिङ नगरभित्रको शान्ति सुरक्षा संगै विपत्को समयमा पनि ठुलो सहयोग भइरहेको र अस्थायी रुपमा लामो समयसम्म रहदा भौतिक संरचनाको निर्माण गर्न असहज भएकोले तीन महिना भित्र जग्गाको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा शसस्त्र प्रहरी गुल्म घ्याङलिङका प्रमुख राजनलाल श्रेष्ठले २०५८ सालमा बेस क्याम्पमा रहेको शसस्त्र बोर्स अहिले २०७५ सालबाट १६० जनाको दरबन्दीमा स्थायी शसस्त्र प्रहरी गुल्म ३० नम्बरमा सञ्चालित रहेको र जग्गा स्थायी नहुँदा भौतिक संचरना निर्माणका साथै अन्य समस्याहरु भोग्नुपरेको बताउनुभयो ।

पूणर्ामृत भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले यसअघिको कुनै पनि विद्यालय व्यवस्थापन समितिले शसस्त्र प्रहरी गुल्म रहेको जग्गा स्थायी रुपमा दिने निणर्य नगरेको प्रस्ट विद्यालयले आफ्नो जग्गालाई आम्दानीको स्रोत बनाउन खोजेको र २०७५ सालमा वालिङ नगरकार्यपालिका बैठकले शसस्त्र प्रहरी बल रहेको जग्गा दिने निणर्य गरेको तर विद्यालयले स्वीकार नगरेको जानकारी दिनुभयो ।

विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकसहित १ हजार ५० जनाले हस्ताक्षर गरी विद्यालयको जग्गा विद्यालयले नै प्रयोजनमा ल्याउनुपर्ने माग समेत गरेका थिए । उक्त विषयमा सर्वोच्च अदालतमा मुद्धा समेत परेको र आदालतले विद्यालयको स्वामित्वमा रहेको जग्गा विसुद्ध शैक्षिक प्रयोजनमा बाहेक अन्य प्रयोजनमा लगाउन नपाईने फैसला समेत गरेको विद्यालयका प्रधानाध्यापक अर्यालले बताउनुभयो ।

ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

२०८१ फाल्गुन २७ गते, मंगलवार

विद्यालय पुग्न ट्युबको सहारा

२०८१ फाल्गुन २७ गते, मंगलवार

सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने

२०८१ फाल्गुन २२ गते, बिहीबार

संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न

२०८१ फाल्गुन २२ गते, बिहीबार

राजनीतिक स्थायीत्वको लागि दुई ठुला दल एक ठाउँमा आएको पूर्व मन्त्री अर्यालको भनाई

२०८१ फाल्गुन २१ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal