फूलबारी सहकारीको ९ औं वार्षिक साधारण सभा सम्पन्न

वालिङ,२६ पुस– वालिङ नगरपालिका १० भकुण्डेमा रहेको फूबारी सहकारी लिमिटेडको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

स्थापना भएको छोटो समयमै एक स्थिापित संस्थाको रुपमा परिचय बनाउन सफल भएको फूबारी सहकारीले शेयर सदस्यहरुको मन जित्न सफल भएको छ ।

वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले सहकारीले आफ्ना सदस्यहरुको हितलाई केन्द्र विन्दुमा राखेर कार्य गर्नुपर्ने बताउनुभयो । नगरप्रमुख खाँणले सहकारीहरुले आफ्ना शेयर सदस्यहरुलाई आयआर्जनका माध्यामबाट आत्मनिर्भर बनाउने अभियानमा लाग्नुपर्ने बताउदै यस तर्फ ध्यान पुर्याउन सकेको अवस्थामा सहकारी अभियान सफल हुनुका साथै यसले सहकारीहरुलाई दिगो बनाउने समेत बताउनुभयो ।

कार्यक्रममा गल्याङ नगरपालिकाका पूर्व नगरप्रमुख एवं सहकारी अभियान्ता भुपराज अधिकारी, संस्थाका सल्लाहाकार राजेन्द्र गैह्रे लगायतले बोल्नुभएको थियो । संस्थाका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विकास लम्सालले गर्नुभएको थियो भने कार्यक्रममा जेष्ठ नागरिकका साथै एसईईमा उत्कृष्ठ अंक ल्याएर उत्रीर्ण हुने छात्रछात्राका साथै संस्थाको लागि योग्दान पुर्याउने विभिन्न व्याक्तिहरुलाई सम्मान गरिएको थियो ।

संस्थामा १२ सय बढि शेयर सदस्य रहेकाछन् भने संस्थाले वालिङ नगरपालिका १० भकुण्डेका साथै वालिङ १४ मा रहेको डुम्रेभञ्ज्याङ सेवा केन्द्रबाट सेवा दिदै आएको छ ।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal