एमाले उम्मेदवार मीन प्रसाद गुरुङकाे संकल्प पत्र सार्वजनिक
स्याङ्जा,६ फागुन- नेकपा एमालेकाे तर्फबाट यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेद्वार बन्नुभएका मीन प्रसाद गुरुङकाे संकल्प पत्र बुधबार जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएकाे छ।
नेकपा एमाले निर्वाचन परिचालन कमिटीले पार्टी कार्यालयमा ३३ बुदे संकल्प पत्र सार्वजनिक गरेकाे हाे।
संकल्प पत्रमा सिद्धार्थ राजमार्गकाे स्तर उन्नति देखि शिक्षा, खेलकुद, स्वास्थ्य, कृषि, पर्यटन, सिंचाइ, उद्याेग, राेजगारी , ऋणात्मक हुँदै गएकाे जनसंख्या वृद्धिलाई धनात्मक बनाउने सम्मका विषयलाई समेटिएकाे छ। साखा सडक देखि आँधिखाेला करिडाेरका साथै माेटरेवल पुल एवं झलुङ्गे पुल निर्माण गर्ने सम्मका कुराहरकाे उल्लेख गरिएकाे छ।

संकल्प पत्र सार्वजनिक गर्दै उम्मेद्वार मीन प्रसाद गुरुङले निर्वाचन क्षेत्रकाे विकासका लागि आफुले कार्य याेजना बनाएर काम गर्ने बताउदै सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयाे।

कार्यक्रममा नेकपा एमाले सचिव पद्मा अर्यालले अहिले नियमित रुपमा नभइ विशेष अवस्थामा निर्वाचन हुन गहिरहेकाेले साेहि अवस्थालाई बुजेर नेकपा एमालेका उम्मेद्वार लाई बिजयी बनाउने अभियानमा लाग्न कार्यक्रतालाई आग्रह गर्नुभयाे।
अहिले कस्ले जित्ने भन्दा पनि देशै रशनेकी नरहने भन्ने अवस्था भएकाेेले देशलाई सहि मार्गमा हिडाउन एमाले उम्मेदवारलाई बिजयी बनाउन सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयाे ।


ताजा
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार





















