नेकपा एमाले स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ द्वारा संकल्प पत्र सार्वजनिक, सुशासन देखि आँधिखोला हाईड्म–कालीगण्डकी नदिमा जल यातायात सम्म

वालिङ,५ फागुन– नेपाल कम्युनिष्ट पार्टी एमाले स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ ले संकल्प पत्र सार्वजनिक गरेको छ ।
मंगलबार वालिङस्थित सिटीहलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको संकल्प पत्रमा सुशासन देखि आँधिखोला हाईड्म–कालीगण्डकी नदिमा जल यातायात सम्मका महत्त्वाकाङ्क्षी योजनालाई समेटिएको छ ।
सिद्धार्थ राजर्मागको स्तरउन्नतीका साथै सहायक राजमार्गको कालोपत्रे गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ ।
पूर्वाधारको विकास, पर्यटन, धार्मिक, सांस्कृतिक विकास र वातावरण संरक्षण, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र समावेशिताका साथै युवा खेलकुदको क्षेत्रलाई संकल्प पत्रमा समेटिएको छ । संकल्प पत्रमा समावेस गरिएका कार्यहरुलाई कार्यान्वयन गर्नको लागि योजना बनाएर काम गर्ने नेकपा एमालेका केन्द्रीय सदस्य एवं नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका खिमबहादुर थापाले बताउनुभयो ।
स्थानीय तहमा प्रमुखको भूमिकामा रहेर उत्कृष्ठ नतिजा निकाल्न सफल भएका थापाले कालीगण्डकी गाउँपालिकामा गरेको कामलाई निर्वाचन क्षेत्रका साथै देशैभर कार्यान्वयमा ल्याउनको लागि नीति निर्माणको तहमा पुग्नको लागि पनि सूर्य चिन्नमा मतदान गर्न आम मतदाताहरुलाई आग्रह गर्नुभयो । थापाले स्थानीय तहमा गरेको अनुभवलाई संघीय संसदमा उपयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
उम्मेदवार थापाले ‘कालीगण्डकीको शिरदेखि तिरसम्म’ भन्ने नारासहित कालीगण्डकीमा मिनी पानीजहाज जलयातायत सञ्चालनको लागि अनुसन्धान गरेर आवश्यक पूर्वाधारको विकास गरि आगामी पाँच वर्ष भित्रमा व्यावसायीक ढंगले जलयातायात सञ्चालनमा ल्याइने संकल्प पत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा एमाले सचिव तथा समानुपातिक उम्मेदवार पद्मा कुमारी अर्यालले स्थिर सरकार र स्पष्ट नीतिको आवश्यकता बताउनुभएको छ ।
अहिले विशेष अवस्थामा निर्वाच भएकोले यो निर्वाचन सामान्य नभएकोले देश बचाउनको लागि नेकपा एमालेका पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।

ताजा

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal