पूर्ण शिक्षाको जिम्मा निजी विद्यालयले लिन तयार हुनुपर्ने–अध्यक्ष अधिकारी

वालिङ,१ माघ–निजी तथा आवासीय विद्यालयको छाता सङ्गठन प्याव्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले देशको पूर्ण शिक्षाको जिम्मा निजी विद्यालयले लिन डराउन नहुँने बताउनु भएको छ । विहिबार स्याङ्जाको वालिङ ८ मा रहेको नेपाल आदर्श आवासीय विद्यालयको २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै प्याव्सन अध्यक्ष अधिकारीले यस्तो बताउनुभएको हो । गाउँमा भएका सामुदायिक विद्यालयहरुमा ५ जना विद्यार्थीका लागि पाँचैजना शिक्षक छन्, त्यो हामीले तिरेको करको पैसा हो अध्यक्ष अधिकारीले भन्नुभयो । यसरी पढाएर नहुने भन्दै उहाँले अब देशको पूर्ण शिक्षाको जिम्मा निजी विद्यालयले लिन डराउन नहुँनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“गाउँमा भएका सामुदायिक विद्यालयहरुमा ५ जना विद्यार्थीका लागि पाँचैजना शिक्षक छन्, त्यो हामीले तिरेको करको पैसा हो । यसरी पढाएर हुँदैन । सरकारले उत्पादनमूलक ठाउँमा लगानी गर्नुपर्छ ।” त्यस्ता १५ हजार विद्यालय मर्च गर्नुपर्ने अवस्थामा रहेको र त्यसको व्यवस्थापनमा व्याव्सनले सचिवज्यूहरुसँग मिलेर विभिन्न कुराहरुमा काम अगाडि बढाएकोसमेत उहाँले उल्लेख गर्नुभयो ।

यसैगरी निजी विद्यालयका शिक्षक र फाउण्डरहरु ढुक्कसँग निदाउन नहुनेमा प्याव्सनका केन्द्रीय अध्यक्ष अधिकारीले बताउनुभयो । यस्तो भाष्यको विकास गर्नुपछ र सरकारी विद्यालयलाई पनि सिकाउन जरुरी रहेको छ । उहाँले भन्नुभयो,“विद्यार्थीको भविष्य र अभिभावकहरुको सपना तपाईंहरुको नीदमा आउन जरुरी छ । यस्तो भाष्य सरकारी विद्यालयलाई पनि आपसमा राखेर सिकाउन जरुरी छ ।” यसका लागि मित्रता र सहयोगका आधारमा भावना राखौं व्याव्सनका अध्यक्ष अधिकारीले थप्नुभयो । हामी मित्रता र सहयोगका आधारमा प्रयत्न गरौं, त्यति गर्दा पनि सरकारी विद्यालयहरु राम्रो भएनन् भने देशको पूर्ण शिक्षाको जिम्मा लिन डराउन नहुँने अध्यक्ष अधिकारीले जिकिर गर्नुभयो । 

यसैगरी कार्यक्रममा वालिङ नगर प्रमुख कृष्ण खाँणले शिक्षाको पहुँच र गुणस्तरको विकास गर्ने लक्ष्य लिएर अगाडि बढेको बताउनुभयो । उहाँले स्थानीय सरकारले शिक्षालाई पहिलो आधार मानेर विद्यार्थीहरुका लागि नविन कार्यहरु सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । यसका लागि बजेट छुट्याएर लागेका छौं । विद्यार्थीहरुबीच समानता, अनुशासन र पोशाकमा एकरुपता ल्याउनका लागि ४० लाख विनियोजित गरिएको नगर प्रमुख खाँणले व्यक्त गर्नुभयो । यसकासाथै निजी विद्यालय प्रोत्साहनका लागि १५ लाख र दुर्गम तथा विपन्न वर्गलाई लक्षित गरेर अतिरिक्त सिकाईका लागि ८ लाख बजेट व्यवस्था गरिएको छ । यसले शिक्षाको पहुँच र गुणस्तर दुबै सुनिश्चित गर्ने लक्ष्य लिइएको नगर प्रमुख खाँणको भनाई थियो । 

२०५४ सालमा स्थापना भएको र वालिङ ८ मा रहेको विद्यालयले आफ्नो २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । 

कार्यक्रममा विद्यार्थीहरुलाई पुरस्कार वितरण र उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मानसमेत गरिएको थियो । सहायक क्याम्पस प्रमुख शेषकान्त कडेलको स्वागतसँगै सुरु भएको कार्यक्रममा क्याम्पस प्रमुख होमकान्त गौतमले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयमा पूर्व प्राथमिकदेखि माविसम्म १ हजार २ सय ७५, प्लसटु र क्याम्पसतहमा ७ सय ५९ गरी २ हजार ३४ जना विद्यार्थी अध्ययनरत छन् ।

ताजा

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेटका कँडेललाई प्रशासनले घरमै पुगेर दियाे नागरिकता

२०८३ जेष्ठ १९ गते, मंगलवार

शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन

२०८३ जेष्ठ १५ गते, शुक्रबार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal