वालिङमा सिप प्रमाणीकरणः ३९ जनाले पाए सिटीभिटी लेभल–२ प्रमाण पत्र

सुशील सुवेदी
वालिङ,१ फागुन–वालिङ नगरपालिकाका सिपयुक्त जनशक्तीहरूले आफूसँग रहेको सिपलाई औपचारिक रूपमा प्रमाणीकरण गराएका छन् । सिप भए पनि प्रमाण पत्र नहुँदा अवसरबाट वञ्चित हुँदै आएका स्थानीय जनशक्तीलाई लक्षित गर्दै नगरपालिकाले पूर्व–सिकाई मान्यता को आधारमा सिप परीक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
नगरपालिकाले सिप भए पनि प्रमाणपत्र नहुँदा अवसरबाट वञ्चित हुँदै आएका स्थानीय जनशक्तीलाई लक्षित गर्दै यो कार्यक्रम अघि बढाएको हो । यसलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र सिपको सम्मान स्थापित गर्ने कदमको रूपमा हेरिएको छ ।
वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैह्रेले सिप प्रमाणीकरणले श्रमिक र उपभोक्ता दुवैलाई फाइदा पुग्ने बताउनुभयो । “सिप भएका जनशक्ती प्रमाणीकरण भएसँगै कुन कामको कति मूल्य लिने भन्ने स्पष्ट हुन्छ । यसले श्रमिकको श्रमको सम्मान सुनिश्चित गर्छ भने उपभोक्ताले पनि भरपर्दो र दक्ष जनशक्ती सहजै पाउन सक्छन्,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार वालिङ नगरपालिकाका धेरै जनशक्तीहरू परम्परागत रूपमा सिपयुक्त भए पनि प्रमाणपत्र नहुँदा सरकारी तथा निजी क्षेत्रमा अवसर पाउन सकेका थिएनन् । “सिप भएर पनि प्रमाण नहुँदा विदेश जाने बाध्यता थियो। अब यहीँ अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्देश यो कार्यक्रमले दिएको छ,” उपप्रमुख गैह्रेले जोड दिनुभयो ।
पूर्व–सिकाई मान्यताको आधारमा सञ्चालन गरिएको सिप परीक्षण कार्यक्रममा नगरपालिकाबाट ७७ जना सहभागी भएका थिए । रोजगार शाखा प्रमुख पवन बस्यालका अनुसार ती मध्ये ६३ जना पहिलो चरणमै उत्तीर्ण भएका हुन् । “पहिलो चरणमै उत्तीर्ण हुनेको संख्या उत्साहजनक रह्यो । ती मध्ये ३९ जनाले सिटीभिटी लेभल–२ को प्रमाणपत्र प्राप्त गरेका छन्,”बस्याले जानकारी दिनुभयो ।
प्रमाणपत्र प्राप्त गरेसँगै अब ती जनशक्तीले राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली अनुसार प्राविधिक खरदार सरहको मान्यता पाउनेछन् । यसले उनीहरूलाई सरकारी तथा निजी क्षेत्रमा रोजगारीको ढोका खोल्ने मात्र होइन, सोभन्दा माथिल्लो तहमा अध्ययन गर्नसमेत योग्य बनाउनेछ ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थी सागर बगालेका अनुसार प्रमाणपत्रले जीवनको दिशा नै परिवर्तन गरेको बताउनुभयो । “म विदेश जाने तयारीमा थिएँ । तर यो प्रमाणपत्र पाएपछि यहीँ काम गरेर भविष्य बनाउन सकिन्छ भन्ने आत्मविश्वास बढेको छ,” उहाँले भन्नुभयो । उहाँजस्तै धेरै युवाहरूले अब स्वदेशमै श्रम र सिपको मूल्य पाउने अपेक्षा गरेका छन् ।
उक्त कार्यक्रम गण्डकी प्रदेश सिटीभिटी कार्यालयको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो । लागत साझेदारीमा वालिङ नगरपालिकाले ६० प्रतिशत र सामाजिक विकास मन्त्रालयले ४० प्रतिशत योगदान रहेको छ । कार्यक्रममार्फत ९ वटा विधामा सिप भएका इच्छुक जनशक्तीलाई सहभागी गराइएको थियो।

डकर्मी, पेन्टर, बेल्डर, मोटरसाइकल मेकानिक, कम्प्युटर हार्डवेयर मर्मत तथा एसी–फ्रिज रिपेयरिङ जस्ता ६ वटा प्रमुख विधामा वालिङका जनशक्ती सहभागी भएका थिए ।
सिप प्रमाणीकरणपछि एकातिर स्थानीय स्तरमै दक्ष जनशक्ती उत्पादन भएको छ भने अर्कोतिर उपभोक्ताले पनि आवश्यक पर्दा प्रमाणित र भरपर्दो जनशक्ती पाउने अवस्था सिर्जना भएको छ। यसले अनौपचारिक श्रम बजारलाई व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
वालिङ नगरपालिकाले प्रमाणित भएका सिपयुक्त जनशक्तीको विवरण संकलन गरी रोष्टर तयार गरेको जनाएको छ । नगरपालिकाका अनुसार उक्त रोष्टर आगामी दिनमा नगरभित्रका निर्माण, मर्मत तथा प्राविधिक सेवामा प्रयोग गरिनेछ । यसले बाहिरबाट जनशक्ती ल्याउनुपर्ने निर्भरता घटाउने र स्थानीय रोजगारीलाई प्राथमिकता दिने लक्ष्य राखिएको छ ।
स्थानीय तहको सक्रियतामा सञ्चालन भएको यो कार्यक्रमलाई सिप विकास र रोजगारी सिर्जनाको प्रभावकारी मोडेलका रूपमा हेरिएको छ । गण्डकी प्रदेशभर सञ्चालन भइरहेको यस कार्यक्रमअन्तर्गत ८ जिल्लाका १६ वटा स्थानीय तह सहभागी रहेका छन् । प्रदेश सरकार र स्थानीय तहबीचको सहकार्यमा सिप प्रमाणीकरण कार्यक्रमसमा सवैभन्दा बढि वालिङ नगरपालिकाका श्रमिकले सहभागिता जनाएका हुन् ।
विशेषज्ञहरूका अनुसार सिप प्रमाणीकरणले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि सुरक्षित र मर्यादित अवसर दिलाउन सहयोग पुर्‍याउँछ । तर वालिङ नगरपालिकाले भने यसको मुख्य उद्देश्य स्वदेशमै अवसर सिर्जना गर्नु रहेको जनाएको छ ।
नगरपालिकाले आगामी दिनमा थप विधामा सिप परीक्षण कार्यक्रम विस्तार गर्ने योजना बनाएको छ । साथै प्रमाणित जनशक्तीलाई स्थानीय उद्योग, निर्माण व्यवसायी तथा सेवाप्रदायकसँग जोड्ने पहलसमेत गरिने जनाएको छ प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले बताउनुभयो ।
सिपको सम्मान, श्रमको मूल्यांकन र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम वालिङ नगरपालिकाका लागि मात्र नभई अन्य स्थानीय तहका लागि पनि उदाहरणीय अभ्यासका रूपमा हेरिएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal