कार्य सम्पादन मूल्याङ्कनमा गण्डकी प्रदेशमा पहिलो बन्याे कालीगण्डकी गाउँपालिका
वालिङ,१ फागुन- नेपाल सरकारले प्रतेक वर्ष गर्ने स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा गण्डकी प्रदेशका पालिकाहरुमा स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका प्रथम भएकाे छ । भने देशैभरमा छैठाैँ स्थानमा परेको छ । ११ ओटा पालिका रहेकाे स्याङ्जामा प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा कालीगण्डकी प्रदेशमै प्रथम हुन सफल भएको हो ।

सार्वजनिक गरिएकाे नतिजाअनुसार कालीगण्डकी गाउँपालिकाले ७८.१९ प्रतिशत अंक ल्याएको छ । जिल्लागत हिसाबले दोस्रोमा वालिङ नगरपालिका र तेस्रोमा फेदिखोला गाउँपालिका बनेका छन् । क्रमश वालिङले ७६.३३ र फेदिखोलाले ७६.०२ प्रतिशत अङ्क ल्याएका छन् । त्यसैगरी पुतलीबजार नगरपालिकाले ७५.३१, बिरुवा गाउँपालिकाले ७४.६८, आँधीखोला गाउँपालिकाले ७२.८३, अर्जुनचौपारी गाउँपालिकाले ६९.६९ प्रतिशत अङ्क ल्याएका छन् ।
यसैगरी भीरकोट नगरपालिकाले ६७.२१, गल्याङ नगरपालिकाले ६१.६६, चापाकोट नगरपालिकाले ५१.७० र हरिनास गाउँपालिकाले ४९.२० प्रतिशत अङ्क प्राप्त गरेको आयोगले सार्वजनिक गरेको नतिजामा उल्लेख गरिएकाे छ ।

कालीगण्डकी गाउँपालिकाकाे पहिलाे कार्यकालकाे नेतृत्व सफलता पूर्वक सम्पन्न गरेर पुन दाेस्राे कार्यकालकाे नेतृत्व गर्नुभएका खिम बहादुर थापा आगामी फागुन २१ गते हुने निर्वाचनकाे लागि पालिकाकाे अध्यक्षबाट राजिनामा दिएर चुनावी अभियानमा लाग्नुभएकाे छ। पालिकामा रहदा आफुले गरेका जनपक्षीय काम लाई निर्वाचन क्षेत्रमा विस्तार गर्नुका साथै साेहि अनुसार देशैभर लागुगर्न नीति निर्माण गर्ने कार्यकाे अगुवाई गर्नका लागि आफुले उम्मेदवारी दिएकाे कालीगण्डकी गाउँपालिकाका निर्वतमान अध्यक्ष खिम बहादुर थापाकाे भनाइ रहेकाे छ। थापा अहिले स्याङ्जा निर्वाचन क्षेत्र नम्बर दुई बाट प्रतिनिधि सभासदस्यकाे उम्मेदवारका रुपमा मतदात भेटघाट एवं सुझाव संकलन अभियानमा हुनुहुन्छ।
ताजा
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार





















