स्थायी सरकार दिनुस, काम गर्न नसके घण्टीले बजाउनुहोलाः रवि लामिछाने

वालिङ,२९ माघ–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वालिङमा कार्यक्रता एवं शुभचिन्तकहरुलाई सम्बोधन गर्दै आफ्‌नो पार्टीलाई स्थायी सरकार चलाउने अवसर दिन आग्रह गर्नुभएको छ ।
कास्की हुुदै पाल्पा जाने क्रममा स्याङ्जाको वालिङमा आयोजित कार्यक्रममा बोल्दै सभापति लामिछानेले भन्नुभयो, “यस पालि घण्टीमा मतदान गरेर पाँच वर्ष स्थायी सरकार चलाउने अवशर दिनुस काम गर्न नसके त्यही घण्टीले बजाउनुस ।”

देश बनाउन आफुहरुले दुःख गरेको दाबी गर्दै लामिछानेले भन्नुभयो राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको आशा र भरोसालाई निभन दिदैन । आफु गृहमन्त्री हुदा पुराना दलका नेताहरुको मनमा ढ्यांग्रो ठोकेको बताउदै आफुले छोटो समय सरकारमा रहेर राम्रोकाम गरे दाबी गर्दै रास्वपालाई कुनै सिद्धान्त नभएको पार्टी भन्नेहरुका लागि रास्वपाको नीति र सिद्धान्त खोजेर हेर्न अनुरोध गर्दै भ्रष्टाचारलाई जरै देखि उखेलेर नफाल्दा सम्म कुनै सिद्धान्त र नीतिले काम नगर्ने बताउदै आफुहरु भ्रष्टाचारलाई जरै देखि उखेलेर फाल्ने अभियानमा लागेको बताउनुभयो ।
रास्वपाले सबै क्षेत्रलाई समेटेर उम्मेदवार उठाएको बताउदै अब कसैले रोक्न नसक्ने अध्यक्ष लामिछानेले दावी गर्नुभयो ।
सभापति लामिछाने स्याङ्जा जिल्ला सदरमुकाम पुतलीबजार, बयेरघारी, वालिङ, चापाकोटमा कार्यक्रता एवं मतदाता भेटघाट गर्नुभएको छ ।
कार्यक्रममा रास्वपाका कार्यक्रर्ता एवं शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।

रास्वपाले स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ बाट धनन्जय रेग्मी र दुई बाट झविलाल डुम्रेलाई उम्मेद्वार बनाएकाे छ।

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal