वालिङ महोत्सवको चौथो दिन दर्शकले भरिभराउ महोत्सव स्थल

हिमलाल पराजुली

वालिङ,१८ माघ– नवौँ वालिङ महोत्सवको चौथो दिन महोत्सव स्थल दर्शकको उपस्थितिले भरिभराउ देखिएको थियो ।

मेला हेर्न आएका दर्शकहरु कलाकारको प्रस्तुती संगैै झुमेका थिए । लोक दोहोरी गायक खुमन अधिकारी, पप आधुनिक गायक शिव परियार, हास्य कलाकार पुरुषोत्तम भण्डारी पुर्खेबा लगायतका कालाकारको प्रस्तुतीले महोत्सव स्थलमा रौनकता छाएको थियो । कलाकारको प्रस्तुतीमार रमाउदै दर्शकहरु राति अबेर सम्म बसेर साथ दिएका थिए । कलाकरले मञ्चमा आफ्‌नो प्रस्तुती राख्दै गर्दा महोत्सव ओजक समितिका पदाधिकारीहरु समेत दर्शक दिर्घामा रहेर दर्शकहरु संगै रामाएका थिए ।

दर्शकको उत्साहाजनक उपस्थितिले आफुहरुलाई उत्साहित बनाएको वालिङ उद्योग वाणिज्य संघका सचिव एवं महोत्सव प्रचारप्रसर एवं कलाकार ब्यवस्थापन उपसमितिका संयोजक पिताम्बर खनाल शुसिलले बताउनुभयो । महोत्सवमा मनोरञ्जनका साथै घरयासी सामान किनमेलको लागि आउनेहरुको भीडले महोत्सव स्थल वालिङ खेलमैदान भरिभराउ हुदै जादा महोत्सवको रौनकता झनै बढेको छ ।

यस वर्ष अन्य महोत्सवमा भन्दा थप गरिएको जलपरी अवलोकनले दर्शकको आकर्षण थप बढाएको आयोजकको भनाइ रहेको छ । महोत्सवको पाँचौ दिन आज मेलिना राई, सरस्वती लामिछाने, राम्जी पौडेल, दिपेन्द्र केसी, रबिना गुरुङ, पुजा गुरुङ, सभ्यता काफ्‌ले लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सवमा खाद्यान्न, लत्ताकपडा, तरकारी देखि कृषि एवं घर्यासी प्रयोजनका लागि प्रयोग हुने औजारहरुका स्टल रहेका छन् । उपभोक्ताले आफ्‌नो रोजाई आनुसारका वस्तुहरु एकै ठाँउमा खरिद गर्न पाउँने भएकाले मेला महोत्सवमा सर्वसाधारणको भीड लाग्ने गर्छ । यही माघ १४ देखि सुरु भएको महोत्सव २५ गते सम्म सञ्चालन हुने छ ।

ताजा

आज हरिबोधिनी एकादशी

२०८३ मंसिर ४ गते, शुक्रबार

आज हरिबोधिनी एकादशी

२०८३ मंसिर ४ गते, शुक्रबार

आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा

२०८३ कार्तिक २५ गते, बुधबार

तिहार पर्वलाई मर्यादित बनाउन स्याङ्जा प्रशासनको आग्रह

२०८३ कार्तिक २० गते, शुक्रबार

राम्दीमा बस र स्कुटरबाट १० हजार बढी पिस पटका बरामद

२०८३ कार्तिक २० गते, शुक्रबार

तीन दशकको पीडा र एक्लोपन पछि जमुनाले पाइन् मानवसेवा आश्रमकाे संरक्षण

२०८३ कार्तिक १९ गते, बिहीबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ६ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ४ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ४ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक २ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ आश्विन ३१ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal