निर्वाचन होईन जनमत संग्रह चाईयो: प्रसाई
वालिङ,१० पुस- नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले नागरिकलाई निर्वाचन होईन जनमत संग्रह आवश्यक रहेकोे बताउनुभएको छ । विहीबार वालिङमा एक कार्यक्रममा बाेल्दै प्रसाइँले दल, जातजाती, धर्म भन्दा देश ठुलो भएको भन्दै देशलाई बचाउने महाअभियानको अभिभारा बोकेर आँफू अगाडि बढेको बताउनुभएको छ ।
नेपाल जस्तो देशले संघिय प्रणाली थेग्न नसक्ने भन्दै यो व्यवस्था फेल भईसकेको प्रसाईँको भनाई थियो । उहाँले भन्नुभयो, “बैंक तथा वित्तिय संस्थाले सर्वहारा नागरिकलाई बाँच्न दिएको छैन् । कर र विभिन्न बहानामा नागरिकसंग पैसा असुल्ने र मर्न बाध्य बनाउने परिस्थिति सृजना गरिएको छ । यसका लागि नागरिक बचाउ महाअभियानको स्थापना गरिएको हो ।” नागरिकले बैंक तथा वित्तिय संस्थासंग लिएको ऋण तिनुपर्छ तर सर्वहारा जो तिर्न नसक्ने अवस्थामा छ त्यस्तालाई मिनाहा गर्नुपर्ने आफ्नो अभियानको माग रहेको प्रसाईकाे भनाइ थियाे ।
जेनजि आन्दोलनको प्रसंग उल्लेख गर्दै प्रसाईँले भदौ २४ गते देशको गरिमा बोकेका संरचना जलाईनु र रबि लामिछानेलाई छुटाउनु निकै षड्यन्त्रपुर्वक गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले फेरि तिनै व्यक्तिहरु प्रधानमन्त्रीको भागभण्डा गर्दैछन् रे प्रधानमन्त्रीको भागभण्डा त कांगे्रस, एमाले र माओवादीले पनि गरेकै थिए । ति पार्टी र वर्तमान परिप्रेक्षमा हाई हाई बनाईएका व्यक्तिमा केहि फरक देखियो त ?” अब नागरिकले हरेकको मुल्यांकन गर्न आवश्यक रहेको भन्दै व्यापार व्यवसाय गरेर बैंकको ऋण तिर्ने वातावरण बनाईनुपर्नेमा उहाँको जोड थियो ।
रास्वपा सभापति लामिछाने प्रति लक्षित गर्दै सहकारीलाई जाेगाउनुपर्ने बताउनुभयाे आफुलाई बाघ संग तुलना गर्ने सहकारी ठगीकाे आराेपमा जेलपरेका लामिछाने केेहि दिन पहिले मात्रै अदालतकाे आदेशमा जेलबाट बाहिर निस्किएकाे विषय तर्फ लक्षित गर्दै सहकारीला जाेगाउनुपर्ने धारणा राख्नुभएकाे हाे।
ताजा
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार





















