सूचिकृत नहुने सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
काठमाडौ,१९ भदौ– नेपाल सरकारले सूचीकृत हुन नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा आज बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्कमा नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी रविन्द्रप्रसाद पौड्यालले जानकारी दिनुभयो ।
सूचीकृत नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय कार्यान्वयनका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिसकेकोसमेत पौडेलले बताउनुभयो ।
सरकारले पछिल्लो पटक दिएको सात दिनको म्याद गएराति सकिएको थियो । तर यस अवधिमा कुनै पनि सामाजिक सञ्जाल कम्पनी सम्पर्कमा आएनन् । यसअघि नेपालमा टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् ।

ताजा
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार





















