नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्

काठमाडौँ, १९ भदौ- नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आज दर्ज्यानी चिन्ह् लगाउनुभएको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले उहाँलाई दर्ज्यानी चिन्ह लगाइदिनुभएको हो ।

सो अवसरमा गृहसचिव दुवाडीले सरकारले क्षमता, कार्यदक्षता, जेष्ठतालगायत आधारमा प्रहरीको सर्वोच्च पदमा खापुङलाई नियुक्त गरी जिम्मेवारी प्रदान गरेको बताउनुभयो । मुलुकमा शान्ति, सुव्यवस्था र सुुशासन कायम गर्न, अपराध नियन्त्रण गर्न र सामाजिक न्याय कायम गर्न प्रहरीको अहम भूमिका रहेको उहाँले बताउनुभयो ।

“आम नागरिकलाई सुरक्षित छु भन्ने महसुश गराउनु नै हामी सबैको कर्तव्य हो । आम नागरिकको नजिक रहेर उनीहरुको सुखदुःखको साथी बन्न सक्नु प्रहरीको प्रभावकारीताको मापन पनि हो । नेपाल प्रहरीको साख अझ बढी राम्रो बनाउन सफल हुनुहोस”, सचिव दुवाडीले भन्नुभयो, “सकल दर्जाका प्रहरी कर्मचारीको मनोबल उच्च बनाइ प्रहरी सङ्गठनको उद्देश्य पुरा गर्न सफल हुनेमा आशावादी छौँ ।”

समाजमा अपराधिक गतिविधि चुनौती बन्दै गएको उल्लेख गर्दै सचिव दुवाडीले भन्नुभयो, “अपराधका नयाँ नयाँ श्रृङ्खला बढिरहेका छन् । सबै अपराधका गतिविधि नियन्त्रण गरी समाजमा न्याय स्थापना गर्न जुरुरी छ ।”

त्यसैगरी नवनियुक्त प्रहरी महानिरीक्षक खापुङले आफूले सकेको राम्रो गर्ने बताउनुभयो । “सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन”, उहाँले भन्नुभयो, “सकल दर्जाको हित र संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छु ।”

अपराध अनुसन्धानमा चुनौती रहेको उल्लेख गर्दै नवनियुक्त महानिरीक्षक खापुङले कृत्रिम बुद्धिमत्ता ९एआई०, साइबर अपराध, क्रिप्टोसम्बन्धी अपराधसहित अन्तरराष्ट्रियस्तरका अपराध नियन्त्रण गर्न प्रहरीको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । तेह्रथुमको गाउँबाट सुरु भएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेको स्मरण गर्दै उहाँले प्रहरीलाई प्रविधि र स्रोत–साधनले सम्पन्न बनाउन आवश्यक रहेको बताउनुभयो ।

ताजा

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal