वालिङमा श्रीमद्देवी भागवत महापुराणम् ज्ञान यज्ञ हुने
गोपाल जिटी
वालिङ,१५ भदौ– स्याङ्जाको वालिङमा श्रीमद्देवी भागवत् महापुराण ज्ञान यज्ञ हुने भएको छ । वालिङ १० भकुण्डेमा रहेको शिव पार्वती मन्दिरमा श्रीमद्देवी भागवत् महापुराणम् ज्ञान यज्ञ—२०८२ हुने भएको हो । मुख्य कथा वाचक पण्डित प्रकाश तिवारी रहनुहुने यज्ञ यही आउदो असोज ६ देखि १५ गतेसम्म नवदुर्गा अवधीमा गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
नवदुर्गामा वर्षेनी गर्दै आएको श्रीमद्देवी भागवत् महापुराण यस पटक विस्तृतरुपमा गर्ने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन खनालले जानकारी दिनुभयो । धर्म, संस्कार र संस्कृतिको जगेर्णाका लागि दशैंको घटस्थापनादेखि नवदुर्गा अवधीभर दुर्गा भवानीको आराधना एवम् महायज्ञको आयोजना गरिएको अध्यक्ष खनालले बताउनुभयो । जुन हाम्रो संस्कारसँग जोडिएको छ, नवदुर्गा भगवतीको आराधना पूजापाठ गर्ने, त्यही अन्तर्गत यसपटक वृहतरुपमा श्रीमद्देवी भागवत महापुराणम् ज्ञान यज्ञ—२०८२ को आयोजना गरिएको उहाँको भनाई छ । यो शुभ कार्यमा सहभागी भई पुण्यलाभ लिनका लागि अध्यक्ष खनालले अनुरोध गर्नुभएको छ ।
युवा पण्डित प्रकाश तिवारीबाट कथा वाचन हुने र नारायण गौतमलगायतका राष्ट्रिय लोक भजन गायकहरुबाट दैनिक सङ्गीतमय वातावरणमा यस पटकको श्रीमद्देवी भागवत् महापुराण ज्ञान यज्ञ हुने अध्यक्ष खनालको भनाई छ ।
असोज ६ गते घटस्थापनाका दिन कलशयात्रासहित सुरु हुने यज्ञमा दैनिक विहान ७ देखि १२ बजेसम्म पूजा, पाठ पारायण हवन गरिनेछ । यसैगरी दुर्गापूजा, शिव भगवानलाई पञ्चामृतद्वारा अभिषेक, गौ तथा कन्या पूजा हुने आयोजकले जनाएको छ । दिनको साढे बाह्रदेखि ४ बजेसम्म श्रीमद्देवी भागवतमहापुराणम् झाँकीसहितको सङ्गीतमय कथा वाचन हुने छ । साँझ ७ देखि ८ बजेसम्म दुर्गा आरती गरेपछि राष्ट्रिय लोक भजन गायक नारायण गौतमसहितका कलाकारहरुबाट भजन किर्तन रहने छ । १४ गते लक्षवर्ती र १५ गते विधिवत यज्ञ समापन गरिने छ ।
नवदुर्गा पूजा व्यवस्थापन समितिको आयोजनामा हुने यज्ञका लागि नवजागरण संस्था र स्पन्दन युनाइटेड क्वल सहयोगी संस्थाको भूमिकामा रहेका छन् ।

ताजा
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार





















