परिवारको ब्यवस्थापन संगै समाज सेवामा सक्रिय सीता
हिमलाल पराजुली
वालिङ,१८ असार– समाज सेवा आफैमा एक जटिल कार्य हो । भन्दा जति सहज सुनिन्छ ब्यवहारमा उतार्न भने त्यती नै कठिन छ । त्यसमा पनि दलित महिलालाई झनै समस्या देखिन्छ २०७२ को संविधानले राज्य ब्यवस्थामा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको संरचनाको ब्यवस्था गरेको छ । राज्यका हरेक निकायमा दलित महिलाको अनिवार्य प्रतिनिधित्वको ब्यवस्था गरेकाले दलित महिलाहरु राज्यको नीति निर्माण देखि कार्यान्वयन गर्ने तह सम्म आफ्नो उपस्थिती जनाउने अवसर प्राप्त गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा दलित महिलाको उमेदवारी अनिर्वाय गरिएकोले प्रत्यक्ष जनतासंग जोडिएर काम गर्ने अवसर दलित महिलाहरुले प्राप्त गरेका छन् । यही अवसरको वालिङ नरपालिका वडा नम्बर १ बाट निर्वाचित दलित महिला सदस्य सीत वि.क ले सदुपयोग गरेर वडा बासीहरुमाझ लोकप्रिय बन्नुभएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा दलित महिला सदस्यको रुपमा उम्मेदवार बन्नुभएकी सीताको राजनीतिक यात्रा यही बाट सुरु भएको हो ।
नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी सीता २०७४ सालको निर्वाचनमा ७३१ मत प्राप्त गरेर निर्वाचित हुनुभयो । वडा सदस्यको रुपमा निर्वाचित उहाँले कार्यपालिका सदस्य बन्ने समेत अवसर पाउँनुभयो । पहिलो पाँच वर्षे कार्यकाल पुरा गरेपछि दोस्रोपट भएको स्थानीय तहको निर्वाचन २०७९ मा पनि पुनः वडा सदस्यको उम्मेदवार बन्ने अवसर प्राप्त गनुभयो । दोस्रो कार्यकालमा पनि उहाँ पहिले भन्दा झनै बढि ९०२ मत ल्याएर दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभयो । वालिङ नगरपालिका नगर कार्यपालिका सदस्य एवं आर्थिक विकास समितिको संयोजक समेत रहनुभएकी सीता घरकोे काम र परिवारलाई मिलाएर समाजसेवामा खटेको बताउनुहुन्छ । टोलमा आमा समुह, क्लब नगरिक सचेतना केन्द्र देखि बिभिन्न समुहको नेतृृत्वमा रहेर काम गरेकाले पनि निर्वाचित भइसके पछि समाजमा काम गर्न सहज भएको सीता बताउनुहुन्छ ।

प्लस टुको अध्ययन पुरा गरेर स्तानक तहको अध्ययनका लागि वालिङ बहुमुखि क्याम्पसमा भर्ना भएर अध्ययन गर्ने क्रममा स्ववियु निर्वाचनका बारेमा सुनेको र अन्य निर्वाचनका बारेमा जानकारी नभएकी सीता वडामा अग्रजहरुको आग्रहमा स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेको बताउनुहुन्छ । रोचक प्रसंग त के छ भने सीता को माइतिघर साविकको स्वरेक गाविस हाल भीरकोट नगरपालिका माइतिघरमा नेपाली कांग्रेसमा आस्था राख्ने घर परिवार विभाह भैसकेपछि घरमा परिवार नेकपा एमालेमा आस्था राख्ने ससुरा बाबा एमालेमा सक्रिय हुदा हुदै पनि आफुलाई नेपाली कांग्रेसको राजनीति गर्न सहयोग गरेको प्रसंग समेत सुनाउनुभयो । घर परिवारको सहयोग र सपोटले नै आफुलाई यो अवस्थामा आउन मद्दत पुगेको बताउनुभयो । स¬ंयुक्त परिवारमा बस्नुभएकी सीतालाई घर परिवार र रोजगारीको शिल्शिलामा विदेशमा रहनुभएका श्रीमानबाट पनि राम्रो सहयोग मिलेकै थियो । केही समय पछि अर्को घर बनाएर बस्दै आउनुभएकी सीता दुई छोराको रेख्देख संगै सामाजिक कार्यमा सक्रिय रहदै आउनुभएको छ । बिहानै उठेर घरको काम सकाएर बाहिर निस्कने गरेको उहाँ बताउनुहुन्छ । सीताले भन्नुभयो, “जनप्रतिनिधि भएपछि बिभिन्न बैठक र कार्यक्रमहरुमा सहभागि हुनुपर्ने बिहानै घरबाट निस्कियो कहिले काही त घरमा आउँदा रातिको ११, १२ पनि बज्ने यस्तो अवस्थामा परिवारलाई पहिले नै जानकारी गराएपछि त्यस्तो अन्य केही समस्या हुदैन आफ्नो कुरा प्रष्टसंग नभन्दा पनि कति महिलाहरुलाई समस्या पर्ने गरेको छ, जे हो त्यो कुरा पहिले नै भन्दा घर परिवारले पनि त्यसै अनुसार बुझ्ने भएकोले मलाई अहिले सम्म त्यस्तो समस्या आइपरेको छैन ।” घर परिवार र श्रीमानबाट सहयोग संगै हौसला मिलरहेको उहाँ बताउनुहुन्छ ।
पहिला पहिला काम गर्ने क्रमा केही समस्या र अन्योल जस्तो भएपनि विभिन्न संघसंस्था संगै दलित महिला जनप्रतिनिधिहरुलाई दलित महिला केन्द्र नेपालले विभिन्न समयमा क्षमता अभिबृद्धि एवं कानूनी ज्ञान सम्बन्धि कार्यक्रमको आयोजना गरेर आफुहरुकोे काममा सहजिकरण गर्दै आएकोले अगाडि बढेर थप काम गर्न सहज हुनुका साथै हौसला मिलेको समेत सीताले बताउनुभयो ।
आफुहरु महिलाहरुलाई आयआर्जन संग जोड्ने क्रममा विभिन्न प्रकारका तालीमहरु संचालन गर्नुका साथै वडाबाट सीपमूलक तालिमहरु चलाउने समेत गरेको उहाँको भनाइ रहेको छ ।
सीतालाई भेटन पंतिकार वडा कर्यालय पुग्दा उहाँ वडा नम्बर ९ को बैडीमा महिलाहरुलाई आयआर्जन संग जोड्ने कार्यक्रम अन्तरगत बंगुरका पाठापाठि वितरण कार्यक्रममा सहभागि हुनुहुन्थ्यो । करिब डेढ घण्टाको पर्खाई पछि वडा कार्यालयमा हतारहतार आइपुग्नुभएकी सीता संग कुराकानी गर्ने क्रममा आफुले निर्वाचित भएर जनप्रतिनिधिको रुपमा काम गर्ने अवसर प्राप्त गरेको प्रसंग देखि भावि योजना समेत सुनाउनुभयो । दुई पटक निर्वाचित भइसकेको बताउदै सीताले भन्नुभयो, “अब मेरो आवश्यकता महशुुुस गरेर कुनै जिम्मेवारी प्राप्त भयोभने पनि ठिकै छ, यदी त्यसो नभएमा पनि आफुले कुनै प्रकारको सीप सिकेर महिला दिदीबहिनीहरुलाई आफ्नै खुट्टामा उभिन सकिन्छ भन्ने गरि कुनै सीपमूलक ब्यावसाय संचालन गरेर बस्ने योजना बनाएकी छु ।” हामी आफैले गरेर देखाएपछि अरु हामी जस्ता महिला दिदीबहिनीहरुलाई हौसला मिल्ने छ ।
अवसर पाएको अवस्थामा दलित महिलाहरुले पनि सामाजिक क्षेत्रमा राम्रो काम गर्न सक्छन् भन्ने कुरा सीता वि.क.को भनाइ र आत्म विश्वासबाट अनुभव गर्न सकिन्छ ।
ताजा
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार





















