धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

गाेपाल जिटी

वालिङ,२३ वैशाख- नेपाल सरकारका पूर्व मन्त्री पद्मा अर्यालले धर्मले समाजलाई अनुशासित बनाउँने बताउनुभएको छ । वालिङमा सञ्चालित श्रीमद्भागवत् सप्ताह तण्डुलाचल श्रृङ्गारिक आरती महायज्ञ—२०८२  धार्मिक अनुष्ठानको आज मङ्गलबार समापन समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । यही वैशाख १७ गतेबाट शुरु भएको धार्मिक अनुष्ठानको मङगलबार समापन गरिएको हो । धार्मिक स्वतन्त्रता संविधानले दिएको र धार्मिक आस्थाले व्यक्तिलाई अनुशासित, मर्यादित र नैतिकवान बनाउने उहाँले व्यक्त गर्नुभयो ।
राष्ट्रगुरु योगी नरहरीनाथले वालिङमा केदारनाथ नामाकरण र स्थापना गरिदिनुभएको स्मरण गर्दै केदारनाथ मन्दिरको थप उन्नतिका लागि वालिङबासीको क्रियाशिलता र एकता प्रशंसनीय रहेको पूर्व मन्त्री अर्यालले औंल्याउनुभयो । उहाँले सनातनी धर्म सबैभन्दा उत्तम धर्म रहेको र धार्मिक आस्थाले समाजलाई अराजकताबाट सहि मार्गमा डोहो¥याउन महत्वपूर्ण सहयोग रहने धारणा राख्नुभयो । कतिपय सामाजिक कार्यमा राजनीति गर्ने परिपाटी रहेको र यो राम्रो नभएको उहाँले औंल्याउनुभयो । उहाँले भन्नुभयो,“ राजनीति विचार आफ्नो ठाउँमा छ । चुनावमा प्रतिष्पर्धामा हो राजनीति गर्ने, सामाजिक काममा हामी सबै मिलेर वा एकजुट भएर पवित्र भावना गर्नुपर्छ । धार्मिक कार्यहोस वा अरु कुनैपनि सामाजिक कार्य किन नहोस हरेक ठाउँमा यसैगरी हातेमालो गरेर अगाडि बढ्नुपर्छ र मात्र विकासले गतिलिन्छ ।”


कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मन्त्री तथा सांसद सरस्वती अर्याल तिवारीले केदारनाथ मन्दिरको महत्व र मर्म बुझेर महायज्ञको आयोजना गरिएको व्यक्त गर्नुभयो । स्याङ्जाका धार्मिक तथा ऐतिहासिक महत्व रहेका स्थलहरुको विकास गर्न आवश्यक रहेको उहाँको भनाई छ । साथै उहाँले यहाँ आउने पर्यटकलाई वालिङमा रहने वातावरण सिर्जना गर्न, विश्राम गर्ने, खाना खाने बस्ने व्यवस्था गर्ने भवन निर्माण जस्ता पवित्र उद्देश्य पूरा गर्न महायज्ञ सफल भएको उहाँले बताउनुभयो । यसैगरी प्रदेश पूर्व सांसद मोहन रेग्मीले धार्मिक अनुष्ठानको माध्यमले पनि विकास निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यसकासाथै समाजलाई सुसंस्कृत बनाउदै लैजानु धार्मिक अनुष्ठानको अर्को विशेषता रहेको उहाँको भनाई थियो ।
वालिङ ८ स्थित केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिको आयोजना र वालिङ नगरपालिकाको सहआयोजनामा अनुष्ठान सञ्चालन भएको हो ।

ताजा

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal