प्रेस चाैतारी: अबकाे गन्तव्य
हिमलाल पराजुली
लामो समयदेखि देशको ब्यवस्था परिवर्तनमा योगदान गर्दै आएको संचार क्षेत्रमा क्रियासिल श्रमजिवी पत्रकारहरुको देशकै अग्रहणी संस्था प्रेस चौतारी नेपालको आफैमा एक गर्भिलो इतिहास रहेको छ ।
देशमा विभिन्न समय र काल खण्डमा भएका परिवर्तनकारी आन्दोलनमा यसले अग्रह मोर्चामा रहेर आफुलाई प्रस्तुत गर्दै आएको कुरा सबैमा विधितै छ ।
चौतारीमा आवद्ध संचार कर्मीहरुले अन्याय, अत्याचार, बेथिती र भ्रष्टाचारका साथै देशको स्वाभिमानका विरुद्धमा हुने जुनसुकै हर्कतहरुका विरुद्धमा आफुलाई आफ्नो कर्मद्वारा अब्बल सावित गर्दै आएका छन् । देशैभरी आफ्नो संगठन रहेको प्रभाशाली संगठन प्रेस चौतारी नेपालको कोशी प्रदेशको राजधानी विराटनगरमा यहि २०८१ चैत १० देखि १२ गते सम्पन्न हुन गहिरहेको यस ऐतिहासिक १० औं राष्ट्रिय महाधिवेशनमा अबको चौतारीको गन्तव्य र मिसनका बारेमा स्पष्ट धारणा र नीति तय गर्दै गन्तव्यमा पुगनका लागि अवलम्बन गरिने कार्यहरुका बारेमा एउटा मार्ग चित्र प्रस्तुत गरेर अगाडी बढ्ने अठोट संगै संकल्प यस १० औं राष्ट्रिय महाधिवेशनबाट पारित गरेर जानुपर्ने अहिलेको आवश्यक्ता रहेको छ ।
२०५५ साल माघ २२ गते स्थापना भएको प्रेस चौतारी नेपाल अहिले २७ औं वर्षमा छ । योे युवा अवस्थामा रहेको चौतारीले आफुलाई जल्दोबल्दो र भ्रभराउदो सावित गरेर अगाडी बढ्न्पर्छ । जबकी यसको सक्रियता क्रियाशिलत र प्रगति देखेर यस प्रति अरु धेरै संचार कर्मीहरुको आकर्षण बढोस् र सबैले यसको कर्म प्रति प्रसम्शा गर्ने वातावरण सिर्जना होस ।
राजनीति र ब्यवस्था परिवर्तनमा दलहरुले बनाएको प्रमुख मुद्धालाई प्राथमिकता दिएर आजको अवस्था सम्म आइपुगेको नेपाली संचार माध्यम संगै चौतारीले अब भने लामो संघर्ष र बलिदानिबाट प्राप्त भएको संघीय लोकतान्त्रीक गणतन्त्रको पूर्ण कार्यान्वयनको लागि खबरदारी संगै आम नेपाली जनताको अवस्था परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ । आम नेपाली जनतामा सकरात्मक भावनाको विकास गर्दै देश भित्रै केही गर्न सकिन्छ भन्ने भावनाको जाग्रीत गर्ने अभियानमा चौतारी लाग्नुपर्ने छ ।
विभिन्न चरणमा भएका राजनीतिक परिवर्तनले जनताले के पाए ? राजनीतिक दल र नेतालाई मात्रै ब्यवस्था परिवर्तनले मलजल गरेको छ, भन्ने भाष्यलाई चिर्न पनि नेपाली संचार माध्यम, संचार कर्मी र उनीहरु आवद्ध संगठनले महत्वपूर्र्ण भूमिका खेल्नु पर्ने देखिनछ, नत्र भने आम जनतामा अहिले देखिएको नैराश्यता झनै बढेर जाने छ । देशमा बढ्दै गएको अराजकता, पुराना दलहरु प्रति देखिएको आक्रोश र ब्याक्तिवादी प्रवृत्तीले देश विकासको सहि गति लिन सक्दैन त्यसैले अहिलेको विद्यमान अवस्थामा हुन गहिरहेको प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनले जनताको अवस्था परिर्वतनको लागि आफ्नो मिसन तय गरेर जानुपर्ने छ । अवस्था परिवर्तन गर्ने अभियानको नेतृत्व लिनबाट चौतारी चुक्नुहुदैन ।
जसरी राजनैतिक परिवर्तनको लागि माहोल सिर्जना गर्ने तर्फ संचार माध्यम र संचार कर्मीहरुले आफ्ना कर्महरु गर्दै आए अब त्यर्सगरी अवस्था परिवर्तनको लागि आम नेपाली जनताहरुलाई उत्साहा प्रदान गर्ने खाल्का सामग्री प्रस्तुत गर्ने कार्यलाई संगठनको मुल मिसन बनाएर जान सकेको अवस्थामा एउटा सकरात्मक वातावरणको सिर्जना हुन गही देशमा केही छैन हुदैन भन्नेहरुमा पनि परिवर्तन आउनुका साथै राज्य सत्तालाई जनमुखि बनाउन, देखावटी प्रचार र निर्णय भन्दा जनताले प्रत्यक्ष अनुभुती गर्ने गरि कार्य गर्ने बाटोमा लाग्न खबरदारी गर्नुपर्दछ ।
राज्य सत्तामा बस्नेहरुलाई आफुले गरेका हरेक कार्य जनपक्षीय छन् भन्ने लाग्न सक्छ तर संचार कर्ममा लाग्नेहरुले जनपक्षीय कार्यहरुमा साथ र सहयोग गर्दै जनताको हित विपरितका हरेक कार्यको खबरदारी गर्न पछिपर्नु हुदैन । तव मात्र सत्ता सच्चिने र सुधारको बाटोमा लाग्नेछ । यसरी खबरदारी र सचेत गराउनु नै संचारमाध्याम र संचार कर्मीको मर्म र कर्म हो ।
लेखकः पराजुली प्रेस चौतारी नेपाल कन्द्रिय सदस्य हुनुहुन्छ।
(स्राेत: चाैतारी स्मारिका दशाैं राष्ट्रिय महाधिवेशन २०८१, प्रेस चाैतारी नेपाल)
ताजा
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार





















