प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

विराटगर,चैत ११-  प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न चौतारीको दशौं महाधिवेशनले पाण्डेको अध्यक्षतामा ९९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । 

राजेश राईको अध्यक्ष पदमा  प्रबल दाबेदारी भए पनि अन्तिम समयमा आएर राईले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएपछि पाण्डे सर्वसम्मत चयन हुनुभएको हो । 

समितिको दुई जना उपाध्यक्षहरुमा चेतन अधिकारी र कृपा भण्डारी (महिला) चयन हुनुभएको छ । त्यस्तै, महासचिवमा हिरामान लामा पुनः दोहोरिनुभएको छ । त्यस्तै, उपमहासचिवमा हरिवल्लभ नेपाल चयन हुनुभएको छ । सचिवहरुमा विष्णु तारुके (ंसंगठन), प्रदीप आचार्य (अर्थ), बिक्रम लुइटेल (प्रचार तथा प्रशिक्षण) र नरेश भण्डारी (विदेश) चयन हुनुभएको छ ।

सोहीअनुसार प्रदेश इन्चार्जहरुमा नुतन श्रेष्ठ (कोशी), अच्युत पौडेल (मधेस), प्रतिमा सिलवाल (बागमती), गणेश पौडेल (गण्डकी), टीकाबहादुर बस्नेत (लुम्बिनी), याम शर्मा (कर्णाली), दिलबहादुर छत्याल (सुदूरपश्चिम), हेमराज सिलवाल (उपत्यका प्रदेश), यसिमा महत (प्रतिष्ठान) र रघुनाथ सापकोटा (एसोसियट) चयन हुनुभएको छ । 

त्यस्तै, केन्द्रीय सदस्य खुलातर्फ भेषराज बस्नेत, श्याम भट्ट, शिव बस्नेत, सुमन ढुंगाना, अमृत गिरी, सन्दिप राई, श्यामकृष्ण दाहाल, विमल नेपाल, गणेश ज्ञवाली, दुर्गालाल केसी, गोपाल काफ्ले,, श्रीहजुर सिलवाल, तारानाथ आचार्य, राजेन्द्र श्रेष्ठ, सिपी लोहिया र दिलप्रकाश गौतम चयन हुनुभएको छ । 

भूगोलतर्फ लुम्बिनी प्रदेशबाट दिपु पोखरेल, गणेश आचार्य, विष्णु बेल्बासे र लक्ष्मण पौडेल चयन हुनुभएको छ । सोहीअनुसार सुदूरपश्चिमबाट सुशील ढुंगाना, कृष्ण ओली, विष्णुप्रसाद भण्डारी र धर्मा रोकाया चयन हुनुभएको छ । त्यस्तै मधेस प्रदेशबाट रमेश तिमिल्सिना, अवधेस कामत, तुलसी भण्डारी र रिना आले चयन हुनुभयो । 

सोहीअनुसार बागमती प्रदेशबाट पुष्पराज अधिकारी, महेन्द्र श्रेष्ठ, नवराज बजगाईं र संगिता आचार्य चयन हुनुभएको छ । त्यस्तै, गण्डकी प्रदेशबाट कृष्ण थापा, गणेश गिरी, हिमालदेव पंगेनी र सिर्जना पन्त चयन हुनुभएको छ । सोहीअनुसार कोशी प्रदेशबाट माधव विद्रोही, हिमाल दाहाल, सुमन सुस्केरा र सुभद्रा प्याकुरेल चयन हुनुभएको छ । 

त्यस्तै, कर्णाली प्रदेशबाट आकाश तारा वयक, केबी गाउँले र मालती केसी चयन हुनुभएको छ । सोहीअनुसार उपत्यका प्रदेशबाट पुस्कर बस्नेत, विनोद चौलागाईं, रमेश गिरी र सतीदेवी उप्रेती चयन हुनुभएको छ । त्यस्तै, प्रतिष्ठान प्रदेशबाट दीपक समिर, दशरथ राई र रामबाबु अधिकारी चयन हुनुभएको छ । सोहीअनुसार एशोसियट प्रदेशबाट श्रीधर पौडेल, नृपेन्द्रलाल श्रेष्ठ र विन्दु अधिकारी छनौट हुनुभएको छ । 

त्यस्तै महिला केन्द्रीय सदस्यबाट पार्वती पाण्डे, रेनु पराजुली, सावित्रा दाहाल, कालिका खड्का, सरस्वती बानियाँ, तारा चापागाईं दुवे, तारा प्रकृति नेपाल, शर्मिला सुवेदी, सरस्वती साउँद चयन हुनुभएको छ । सोहीअनुसार महिला जनजाति तर्फबाट अञ्जना शिल्पकार, दलित महिलाबाट मिना विश्वकर्मा, मधेसी महिलाबाट सुनिता महतो चयन हुनुभएको छ । 

सोहीअनुसार खुल्ला आदिबासी जनजातिबाट युनिक विफा घिसिङ र प्रविन कुलुङ राई, खुला दलितबाट मिलन विश्वकर्मा, खुल्ला मधेसीबाट धर्बेन्द्र झा, खुल्ला मधेसीबाट सकिल कादरी अहमद, खुल्ला थारुबाट पार्वता चौधरी, पिछडिएको क्षेत्राट नन्द सिंह, अपांगताबाट भगिरथ भण्डारी, अल्पसंख्यकबाट सलिम मियाँ अन्सारी चयन हुनुभएको छ । 

त्यस्तै, एकता प्रक्रियाबाट आएका केन्द्रीय सदस्यहरुमा शम्भुजित दाहाल, हरिप्रसाद जोशी, शशी कोइराला, रोशनी कठेत, प्रेमचन्द्र झा, प्रविन साह, रमेश सुवेदी, वख्तियार अली, शिवकुमार कासी रिजाल, ज्योति झा, विनोद लम्साल, सविन शर्मा र शेरबहादुर थापा चयन हुनुभएको छ । 

अनुशासन आयोग

सोहीअनुसार अनुशासन आयोग अध्यक्षमा समिर बलामी, उपाध्यक्ष कृष्णहरि घिमिरे, सचिव संगम महत, सदस्यहरुमा दिपक लामा, भुवनसिंह ठकुरी, चन्द्र कार्की, राजेन्द्र ठगुन्ना, जानु पाण्डे, विष्णु पोखरेल, तेजेन्द्र भण्डारी, श्यामप्रसाद घिमिरे, देवराज सुवेदी, टोपलाल अर्याल, टिकाराम बस्याल चयन हुनुभएको छ ।   

लेखा आयोग

त्यस्तै, लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः अर्जुन श्रेष्ठ, जीवनाथ दाहाल, प्रेमचन्द्र बास्तोला चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा रामचन्द्र नेपाल, गंगा विष्ट, श्यामप्रसाद घिमिरे, नवराज विष्ट, दिपेन्द्र रोका, रविन श्रेष्ठ, वर्षा योगी, किरण गौतम, मोहन पौडेल, विना न्यौपाने, ओमप्रकाश आचार्य, आरती ढकाल, गोकर्ण पौडेल, अफरोज अर्पण र बुद्धकुमार श्रेष्ठ रोहित चयन हुनुभएको छ । 

निर्वाचन आयोग

निर्वाचन आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः गणेश खनाल, नवराज ढकाल, सागर पोखरेल निर्वाचित हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा नविन खत्री, बिपी गौतम, कमल राना, मानवी तामाङ, नरेन्द्र दाहाल, दीपा पौडेल, कविराज बुढाथोकी क्षेत्री, जगत बाशिष्ट, सन्तोष सिग्देल, भविश्वर पाण्डे, अनुज अधिकारी, दीपा पौडेल रहनुभएको छ । 

नीति अनुसन्धान आयोग

नीति अनुसन्धान आयोगको अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः दीपेन्द्र श्रेष्ठ, नेपोलियन चेपाङ र सन्तोष रुचाल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा हरिश चन्द, उमाकान्त शर्मा, अमृत बास्कुने, कृष्ण अखेली, बेद भट्ट, मुक्ति न्योपाने, रिमा सोमै, दुर्गा रोकाया चयन हुनुभएको छ ।

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal