वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित

वालिङ,६ चैत- स्वतन्त्र विद्यार्थी युनियन वालिङ बहुमुखी क्याम्पसकाे मंगलबार सम्पन्न निर्वाचनमा नेविसंघकाे तर्फबाट अध्यक्षकाे उमेद्वार बनेका निरज श्रेष्ठ निर्वाचित हुनुभएकाे छ। श्रेष्ठले ३७७ मत प्राप्त गर्दा निकट्तम प्रतिस्प्रधी अनेरास्ववियुकाे तर्फबाट अध्यक्षकाे उमेद्वार बन्नुभएका विष्णु पंगेनीले ३४२ मत प्राप्त गर्नुभएकाे छ। सचिवमा भने अनेरास्ववियुकाे तर्फबाट उमेद्वार बन्नुभएकी विना रेग्मी निर्वाचित हुनुभएकाे छ। रेग्मीले ३६६ मत प्राप्त गर्दा उहाँकाे प्रतिस्प्रधी ममता रेग्मीले ३४२ मत प्राप्त गर्नुभएकाे छ। काेषाध्यक्षमा नेविसंघकाे तर्फबाट उमेद्वार बन्नुभएका विवेक कुँवर ४०६ मत प्राप्त गरि निर्वाचित हुनुभएकाे छ भने उहाँकाे प्रतिस्प्रधी अनेरास्ववियुकाे तर्फबाट उमेद्वार बन्नु भएका भुमबहादु रानाले २९२ मत प्राप्त गर्नुभएकाे छ। यश अघिकाे निर्वाचनमा नेविसंघले प्यानल नै जितेकाे थियाे भने यश पटककाे निर्वाचनमा दुई संगठनका विच प्रतिस्प्रधा भएकाे छ।
९९४ मतदाता रहेकाेमा ७२८ खसेकाे थियाे।
यसैगरी स्याङ्जा सदरमुकाम पुतलीबजारमा रहेको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको छ ।
मंगलबार सम्पन्न मतगणनामा नेविसंघका अध्यक्षका उमेद्वनर देवदत्त सुवेदी सहित प्यानल नै निर्वाचित भएको हो ।
यसैगरि फेदीखोला गाउँपालिकामा रहेको सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा अनेरास्ववियुकाे तर्फबाट उमेद्वार बन्नुभएकी प्रतीक्षा गोदार निर्वाचित भएकाे छ ।
मंगलबार सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ गोदारसहित अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको हो ।
ताजा

वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार